१६ फाल्गुन २०७७, आईतवार ०६:२९ – Dalannepal

सीके राउतको कार्यक्रममा जनलहर, मधेश स्वतन्त्र भएरै छाड्ने दाबी

जनकपुरधाम, ३ असोज । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको आह्वान हजारौं सर्वसाधारण सडकमा ओर्लिएका छन् । उनले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउन आह्वान गरेका थिए ।

उनको आह्वानमा हजारौंको संख्यामा जनकपुरधामस्थित रामानन्द चौकमा जम्मा भएका थिए । डा. राउतलाई सुरक्षा निकायले खोजी गरिरहँदा पनि पक्राउ गर्न सकिएन ।

उनले बिहानै सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै ‘चलु जकनपुर, भरु जनकपुर’ नारा दिएर आहवान गरेका थिए ।

संविधान दिवसको विरोधमा आयोजना गरेको कार्यक्रममा डा. राउतले मधेश आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मधेश स्वतन्त्र भएरै छाड्ने बताएका थिए ।

गाउँ गाउँबाट जनकपुरधाम आएका हजारौंको संख्यामा आएका सर्वसाधारणहरुको भीड देखेर सुरक्षा निकाय पनि शान्त बसेको थियो ।

मधेशको पहिचानलाई विश्वव्यापी रुपमा अगाडि बढाउँदै ‘भिजिट मधेश’

काठमाडौं, ८ जेठ । तराई/मधेशको पहिचान विश्वव्यापी रुपमा डिजिटल प्लेटफर्म मार्फत चिनाउने अभियान स्वरुप अन्तर्राष्ट्रियस्तरमा ‘भिजिट मधेश’ नामक संस्था सक्रिय भएको छ ।

मधेशको पहिचानलाई विश्वव्यापीरुपमा प्रचार प्रसार गर्नका लागि वेबसाइट र मोबाइल एप समेत तयार गरिएको भिजिट मधेशका ग्लोबल संयोजक राज सर्राफले जानकारी दिएका छन् ।

मधेशको पहिचान गराउदै पर्यटन प्रवर्द्धन गर्दै मधेशको अर्थतन्त्र बलियो बनाउने, रोजगारी सिर्जना गर्ने, तराई मधेशको २२ वटै जिल्ला जोड्दै सबै अभियान जारी रहेको सर्राफले बताएका छन् ।

यी सबै जिल्लामा रहेका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक र प्राकृतिक धरोहरहरुलाई उजागर गर्दै अभियान अगाडि बढिरहेको छ ।

यसका लागि केन्द्रीय, प्रादेशिक र प्रत्येक जिल्ला जिल्लामा टिमहरु गठन गरिएको छ । विश्वव्यापी रुममा अभियान अगाडि बढाउँदै करिब एक दर्जन देशहरुमा टिम गठन भएको र अन्य देशमा गठन प्रक्रिया अगाडि बढिरहेको संयोजक सर्राफले मधेशवाणीलाई बताएका हुन् ।

नेपालमा राष्ट्रिय संयोजकको रुपमा युवा नेता तथा सामाजिक अभियन्ता ओमप्रकाश सरार्फले नेतृत्व गरिरहेका छन् भने ग्लोबल कोर्डिनेटरको रुपमा अमेरिकाबाट राज सरार्फ नेतित्व गरिरहेका छन् ।

पर्यटनसँग सम्बन्धित संघ संस्था एवं बहु तहको सरकारसंग समन्वय एवं सहकार्य गर्दै “भिजिट मधेश नेपाल २०२०“सफल गर्ने र अभियानलाई निरन्तरता दिइने उनले बताए ।

पूर्वराजपा निकट राष्ट्रिय विद्यार्थी संघले सातै प्रदेशमा अन्तरक्रिया गर्ने

काठमाडौं, १४ फागुन । जनता समाजवादी पार्टी नेपालको पूर्वराजपानिकट राष्ट्रिय विद्यार्थी संघले सात वटै प्रदेशमा ‘नेतृत्व विकास, प्रशिक्षण तथा समायोजन सम्वाद’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

राविसंघ केन्द्रीय कार्यसमितिले फागुन १२ र १३ गते दुईदिने बृहत विद्यार्थी भेला तथा विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शुक्रबार तीनबुँदे निर्णय सार्वजनिक गरेको छ ।

राविसंघका केन्द्रीय अध्यक्ष मनिष मिश्रको अध्यक्षता तथा जसपाका अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यतामा बिहीबार दुईदिने कार्यक्रम सम्पन्न गरेको थियो ।

जसपा नेपालले गर्ने सम्पूर्ण कार्यक्रमहरुमा राविसंघका सम्पूर्ण तह–तप्काका विद्यार्थी नेतागण एवं कार्यकर्तागणलाई सक्रियरुपमा सार्थक भूमिका निर्वाह गर्न निर्देश गर्ने निर्णयसमेत गरेको छ ।

राष्ट्रिय विधार्थी संघ केन्द्रिय कार्यसमितिद्वारा सम्पन्न दुई दिवसीय कार्यक्रमबारे जारी प्रेस विज्ञप्ति।

अधिकार माग्दा अपराधको बिल्ला भिराइन्छ भने अन्तिम विकल्प विद्रोह : राजेन्द्र महतो

कैलाली, १६ फागुन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अधिकार माग्दा अपराधको बिल्ला भिराइन्छ भने अन्तिम विकल्प विद्रोह नै रहेको बताएका छन् ।

© Copyright 2024 Dalannepal. All rights reserved.