पूर्वराजपा निकट राष्ट्रिय विद्यार्थी संघले सातै प्रदेशमा अन्तरक्रिया गर्ने
developer
१६ फाल्गुन २०७७, आईतवार ०६:२४

काठमाडौं, १४ फागुन । जनता समाजवादी पार्टी नेपालको पूर्वराजपानिकट राष्ट्रिय विद्यार्थी संघले सात वटै प्रदेशमा ‘नेतृत्व विकास, प्रशिक्षण तथा समायोजन सम्वाद’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
राविसंघ केन्द्रीय कार्यसमितिले फागुन १२ र १३ गते दुईदिने बृहत विद्यार्थी भेला तथा विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शुक्रबार तीनबुँदे निर्णय सार्वजनिक गरेको छ ।
राविसंघका केन्द्रीय अध्यक्ष मनिष मिश्रको अध्यक्षता तथा जसपाका अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यतामा बिहीबार दुईदिने कार्यक्रम सम्पन्न गरेको थियो ।
जसपा नेपालले गर्ने सम्पूर्ण कार्यक्रमहरुमा राविसंघका सम्पूर्ण तह–तप्काका विद्यार्थी नेतागण एवं कार्यकर्तागणलाई सक्रियरुपमा सार्थक भूमिका निर्वाह गर्न निर्देश गर्ने निर्णयसमेत गरेको छ ।
राष्ट्रिय विधार्थी संघ केन्द्रिय कार्यसमितिद्वारा सम्पन्न दुई दिवसीय कार्यक्रमबारे जारी प्रेस विज्ञप्ति।