Saturday, March 7, 2020

राजपा–समाजवादी एकता - ‘टप टेन’ नेता मै समस्या

राजपा नेपाल र समाजवादी पार्टीबीच एकतामा शीर्ष नेताकै व्यवस्थापन बाधक बनेको छ । दुवै पार्टीका नेताहरूले प्रयास भइरहेको र चाँडै एकता हुने दाबी गरे पनि झन्डै डेढ वर्षदेखिको कसरत अझै निष्कर्षमा पुग्न सकेको छैन । पछिल्लोपटक भने दुवैतर्फका शीर्ष १० नेताको व्यवस्थापन उल्झनजस्तो देखिएको छ । एकताका लागि संवादमा रहेका दुवैतर्फका नेताहरूका अनुसार सैद्धान्तिक सहमति बनिसकेको छ । फेरि एकतामा ढिलाइ किन रु राजपा र समाजवादीकै नेताहरू अनौपचारिक संवादमा भन्छन्, ‘एकीकरणका लागि दुवै पक्ष तयार छन् । र, मूल कुरा दुवैतिरका शीर्ष नेतृत्वको व्यस्थापनमा अड्किएको छ ।’ शीर्ष नेतृत्वको व्यवस्थापन नै एकतामा सबैभन्दा पेचिलो मुद्दा बनेको छ । 

Tuesday, March 3, 2020

उठ्न खोज्दै थरुहट आन्दोलन

थारूवान राष्ट्रिय मोर्चाले सोमबार साँझ मसाल जुलुस निकाल्यो । पश्चिम तराईमा नवलपरासीदेखि कञ्चनपुरसम्म दुई दिन बन्दको घोषणा पनि मोर्चाको आन्दोलनको कार्यक्रमभित्र परेको छ । १७ फागुनमा बाँकेको कोहलपुरमा सम्पन्न मोर्चाको सम्मेलनले प्रचारात्मक आन्दोलनका कार्यक्रम तय गरेको थियो । त्यसैअनुसार सोमबार मसाल जुलुस निकालेको हो । अहिलेलाई प्रचारात्मक आन्दोलनमा उत्रे पनि थरुहट आन्दोलनलाई फेरि उठाउने कोसिस भएको छ । र, यसको नेतृत्व गरिरहेका छन्, लक्ष्मण थारू । 

Sunday, March 1, 2020

के गर्दै छन् सिके राउत ?

पृथकतावादी धारको राजनीति त्यागेका डा। सिके राउत नेतृत्वको जनमत पार्टीको काठमाडौं मित्रपार्कस्थित सम्पर्क कार्यालयमा ताला झुन्डिएको छ । दुई महिनादेखि सम्पर्क कार्यालय खुलेको छैन । जनमत पार्टीका नेता–कार्यकर्ता पनि सम्पर्क कार्यालय आसपास मात्रै होइन, काठमाडौंमा पनि देखिँदैनन् । कहाँ छन् त उनीहरू ? डा राउतसँगै जनमत पार्टीका सबै केन्द्रीय नेता जिल्ला दौडाहामा छन् । पुस पहिलो सातादेखि फागुन दोस्रो सातासम्म तराई–मधेसका ३० स्थानमा आमसभा गरेका छन् । यो साताभित्र थप चार ठाउँमा आमसभा गर्दै छन् । कार्यकर्तासँग छलफल, सर्वसाधारणसँग भेटघाट त छँदै छ । अर्को साता केन्द्रीय समितिको बैठक गर्ने तय गरेका छन् भने चैतको पहिलो सातासम्म राष्ट्रिय परिषद् बैठक आयोजना गर्ने तयारीमा छन् डा राउत ।