Saturday, October 26, 2019

राजपाद्धारा पार्टीको अन्तरिम संरचनाहरु निर्माण गर्ने कार्यतालिका सार्वजनिक

राजपा नेपालले कार्तिक मसान्त भित्र पार्टीको स्थानिय तह र जिल्ला तहको अन्तरिम नयां संरचना निर्माण गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रवार राजपा अध्यक्ष मण्डलको बैठकले अन्तरिम संरचनाहरु निर्माण सम्बन्धी निर्देशिका पारित गर्दै जिल्लाहरुलाइ निर्देशन समेत दिएको छ । राजपाले वडा, पालिका, क्षेत्रिय र जिल्ला तहमा अन्तरिम संरचना बनाउन सबै जिल्लामा तयारी सम्बन्धी बैठक आउदो १९ गर्ने भनेको छ । त्यस पछि २४ गते वडा स्तरीय, २६ गते पालिका , २८ गते क्षेत्रिय र ३० गते जिल्ला तहमा सम्मेलन गरेर अन्तरिम तर्थद संरचनाहरु निर्माण गर्न भनेको छ ।


अढाई बर्ष अगाडी तात्कालिन मधेशी मोर्चामा आबद्ध ६ ओटा दलहरुएीककरण गरेर राजपा नेपाल गठन भए देखि स्थानिय र जिल्ला तहमा समेत अध्यक्षीय मण्डल प्रणालीद्धारा संचालन हुदै आएको थियो । अन्तरिम निर्देशिका अनुसार गठन हुने तर्थद समितिहरु पार्टीको महाधिवेशन सम्मका लागी हुने राजपाले स्पष्ट पारेको छ ।

राजपाले यही कातिएक २७ देखि ३० गते सम्मका लागी पार्टीको महाधिवेशन समेत घोषणा गरेको छ । तर महाधिवेशन नहुने निश्चीत भए पनि राजपा अध्यक्ष मण्डलले त्यसवारेमा अहिले सम्म मुख खोलेका छैन ।

No comments:

Post a Comment