Saturday, October 26, 2019

राजपाद्धारा पार्टीको अन्तरिम संरचनाहरु निर्माण गर्ने कार्यतालिका सार्वजनिक

राजपा नेपालले कार्तिक मसान्त भित्र पार्टीको स्थानिय तह र जिल्ला तहको अन्तरिम नयां संरचना निर्माण गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रवार राजपा अध्यक्ष मण्डलको बैठकले अन्तरिम संरचनाहरु निर्माण सम्बन्धी निर्देशिका पारित गर्दै जिल्लाहरुलाइ निर्देशन समेत दिएको छ । राजपाले वडा, पालिका, क्षेत्रिय र जिल्ला तहमा अन्तरिम संरचना बनाउन सबै जिल्लामा तयारी सम्बन्धी बैठक आउदो १९ गर्ने भनेको छ । त्यस पछि २४ गते वडा स्तरीय, २६ गते पालिका , २८ गते क्षेत्रिय र ३० गते जिल्ला तहमा सम्मेलन गरेर अन्तरिम तर्थद संरचनाहरु निर्माण गर्न भनेको छ ।

Thursday, October 24, 2019

लथालिंग राजपा

अध्यक्ष–मण्डलद्वारा सञ्चालित राजपा नेपालको पार्टी जीवन अवस्था लथालिंग छ। राजपाको अध्यक्ष मण्डलमा ६ जना नेताहरू छन्। अढाई वर्षअघि तात्कालीन मधेसी मोर्चामा आवद्ध ६ दलहरू एकिकरण गरेर राजपा नेपाल गठन गरे पनि एकिकृत पार्टी व्यवस्थित हुन सकेको छैन । एक वर्षअघि दुई महिनाको चक्रिय प्रणाली लागु गरे पनि राजपाको पार्टी कार्यलयदेखि तल्लो निकायसम्म व्यवस्थित हुन सकेको छैन। पार्टीको एकता महाधिवेशनका लागि एक वर्ष अगाडि सुरु गरिएको सदस्यता वितरण अभियानलाई आन्तरिक किचलो कै कारण राजपाले अहिलेसम्म टुंग्याउन सकेको छैन। केन्द्रीय कार्यालय सञ्चालनमै गत वर्ष लफडा देखिएपछि राजपाले आफ्ना पार्टीका कर्मचारीहरू नै निष्कासनसम्म गर्नुपरेको थियो ।

Tuesday, October 22, 2019

टर्‍यो राजपा-समाजवादी एकीकरण

पछिल्लो समय राजपा नेपाल र समाजवादी पार्टीबीच भइरहेको एकीकरण प्रयास टरेको छ। गत शुक्रबार दुई दलका शीर्ष नेतृत्व तहमा भएको कुराकानीमा समाजवाद पार्टीले आरम्भमा गरेका शर्तबाट पछि हटेका कारण एकीकरण टरेको राजपा नेपालका नेताले बताएका हुन् । समाजवादी पार्टीका नेताले भने त्यसबारेमा मुख खोलेका छैनन्। शुक्रबार समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निवास हात्तीवनमा दुई पक्षबीच छलफल भएको थियो। समाजवादीका तर्फबाट यादवसहित पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए भने राजपा नेपालको तर्फबाट राजेन्द्र महतो थिए। संयोजक महन्थ ठाकुर पनि जाने बताए पनि स्वास्थ्यका कारण उपस्थित भएनन्।

Sunday, October 20, 2019

समाजवादी पार्टीमा सरकारबाट बाहिरिन दबाब

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ। डेढ वर्षअघि नेकपाका दुवै अध्यक्षसँग संविधान संशोधन गराउने हस्ताक्षर गराएर सरकारमा गएका समाजवादीका अध्यक्ष उपेन्द्र यादवमाथि अहिले दबाब बढ्दै गएको छ। गत वैशाखमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरणपछि नयाँ पार्टीको केन्द्रीय समितिको बैठक गरेर सरकारबारे आधिकारिक धारणा बनाउने सहमति भएको थियो । समाजवादीका नेता राजेन्द्र श्रेष्ठले कात्तिकको २९ र ३० गते बस्न लागेको केन्द्रीय समिति बैठकले यसबारेमा धारणा तय गर्ने बताए। बैठक बसेमा एकीकरणपछिको पहिलो बैठक हुनेछ। पार्टीे पदाधिकारीको सोमबार बसेको बैठकले कात्तिक २८ गते संघीय परिषद्को बैठक गर्ने निर्णय गरेको छ। पार्टीमा संघीय परिषद्को अध्यक्षता पूर्वप्रधानमन्त्री भट्टराईले र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने व्यवस्था छ।

समाजवादी र राजपाबीच घोचपेच


पछिल्लो समयमा एकीकरणको तयारीस्वरूप अनौपचारिक रूपमा तीव्र संवाद गरिरहेको समाजवादी पार्टी र राजपा नेपालको शीर्ष तहको नेताको बीचमा घोचपेच हुन थालेको छ। केही महिनायता यी दुई पार्टीका नेताबीच पार्टी एकीकरणका लागि अनौपचारिक तवरमा संवाद चलेको थियो। राजपा नेपालबाट अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतो र समाजवादी पार्टीको तर्फबाट राजेन्द्र श्रेष्ठले यो अनौपचारिक वार्ताको नेतृत्व गर्दै आएका छन्। तर गएको २३ असोजमा सप्तरीको राजविराजमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपाप्रति व्यंग-कटाक्ष गर्दैै एकीकरण नगरे राजपा सिध्ने चेतावनी दिए। उनले राजपा पार्टी चल्नै नसक्ने दाबी गर्दै समाजवादी पार्टीसँग एकीकरणको विकल्प नभएको दाबी गरे।