Saturday, September 28, 2019

समाजवादी पार्टीलाई पन्जा र जनमत पार्टीलाई लाउडस्पीकर चुनावचिन्ह्

समाजवादी पार्टीलाई निर्वाचन आयोगले पन्जा चुनाव चिन्ह् दिने निर्णय गरेको छ । यसैगरि सिके राउत नेतृत्वको जनमत पार्टीलाई लाउड स्पीकर चुनाव चिन्ह् दिने निर्णय भएको आयोगले जनाएको छ । गएको बैशाखमाडा बाबुराम भटराई र उपेन्द्र यादव नेतृत्वको पार्टी एकिकरण भएर समाजवादी गठन भए पछि नयां चुनाव चिन्ह्को माग उनीहरुले गरेका थिए । त्यसैगरि गएको फागुनमा मुलधारको राजनितीमा आउने निर्णय गरेको राउतले बैशाखमा नयां पार्टी गठन गरे पछि उनलाई आयोगले निर्वाचन चिन्ह् दिने निर्णय गरेको छ । 


आसन्न उपनिर्वाचनका लागि निर्वाचन आयोगले नयाँ दल दर्ता भएका र नाम फेरिएका गरी २१ दललाई चुनाव चिह्न प्रदान गरेको हो । यसक्रममा समाजवादी पार्टीले पन्जा र राउत नेतृत्वको जनमत पार्टीले लाउड स्पीकर चुनाव चिह्न पाएको छ ।

पछिल्लो समयमा राउत नेतृत्वको जनमत पार्टी उपनिर्वाचनमा भाग लिने चर्चा थियो । यद्यपि उपचुनाव लड्ने कि नलड्ने भन्ने विषयमा भने पार्टीमा औपचारिक निर्णय हुन बाँकी नै रहेको नेता चन्दन सिंहले बताए । पूराना र नाम नफेरिएका दलहरूको चुनाव चिह्न भने यथावत छ । संसद् र स्थानीय तहमा रिक्त जनप्रतिनिधिको पदपूर्तिका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

राजपा नेपालको चुनाव चिन्ह छाता रहेको छ ।

No comments:

Post a Comment