Saturday, September 28, 2019

भारतद्धारा कुलेश्वर मावि निर्माण

भारत सरकारको ३ करोड ८६ लाखको सहयोगमा काठमाडौ १४ स्थित कुलेश्वर आवास माध्यमिक विद्यालयको निर्माण सम्पन्न भएको छ । शनिवार भारतीय सहयोयमा निर्माण सम्पन्न भएको विद्यालय जिल्ला समन्वय समितिको रोहवार कुलेश्वर आवास परिवार कल्यान संस्थानलाई हस्तानान्तरण गरिएको छ । हस्तानान्तर कार्यक्रममा काठमाडौ स्थित भारतीय दुतावासका उपप्रमुख डा. अजय कुमार सहित संस्थानका पदाधिकारीहरु र जिल्ला समन्वय समिति काटमाडौका पदाधिकारीहरु उपस्थित थिए ।


सन् १९८९ देखि कुलेश्वर आवास परिवार कल्याण संस्थानले चलाउदै आएको उच्च मावि स्थानियहरुको सहयोगले चल्दै आएका छन । विद्यालयमा ८०० भन्दा बढी विद्यार्थीहरु अध्ययारत छन् जसमध्ये ५० प्रतिशत छात्रा रहेका  छन् । भारत सरकारको नेपाली ३.८६ करोड अनुदान सहयोगमा निर्माण गरेको नवनिर्मित तीन तल्ले विद्यालयमा कक्षाकोठा २० वटा सहित छात्राका लागि छुट्टै शौचालय, अण्डरग्राउण्ड पानीट्याङ्की, सेप्टिक ट्याङ्की तथा फर्निचरको व्यवस्था गरिएको छ ।

शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारलको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत दुतावासका उपप्रमुख अजय कुमारलले खुशी व्यक्त गरे । विद्यालय हस्नान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष श्री शिव सुन्दरराज वैद्य, वडा अध्यक्ष श्रीमती शोभा सापकोटा तथा जिल्ला समन्वय अधिकृत श्री पीताम्बर अधिकारी लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागीता थियो ।




No comments:

Post a Comment