Friday, September 27, 2019

गुरु नानकको सम्मानमा नेपाल राष्ट्र बैंकद्धारा सिक्का सार्वजनिक

नेपाल राष्ट बैकले गुरु नानकको सम्झनामा उनी अकिंत सिक्का शुक्रवार सार्वजनिक गरेका छन । शुक्रवार नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा ​​काठमाडौमा भएको कार्यक्रममा उक्त सिक्काहरु सार्वजनिक भएको हो । कार्यक्रममा गुरु नानक देवजीको ५५० औं जयंती समेत मनाइएको छ ।  उक्त सिक्का नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले संयुक्त रुपमा लन्च गरेका थिए।


तीन प्रकारका नेपाली सिक्काका मुल्य १००,१००० र २५०० रहेको छ जसलाई नेपाल राष्ट्र बैंकले बिक्रीका लागि खुला समेत गरेको छ।

कार्यक्रममा दुबै देशका प्रतिष्ठित व्यक्तिहरुले नेपालको सिख धरोहर नामक प्रकाशनको बिमोचन पनि गरे। उक्त पुस्तक बीपी कोइराला भारत नेपाल फाउण्डेशन, भारतीय दूतावासले प्रकाशित गरेको छ । राजदूत पुरीले नेपालको सिख धरोहरको मुख्य पक्षबारे प्रस्तुति पनि गरेका थिए।

कार्यक्रममा  एस हरप्रीत सिंह, शोरोमणि गुरुद्वारा प्रभावक कमेटीका अध्यक्ष एस गोबिंद सिंह लोंगोवाल, अमृतसर, पंजाब, हरियाणा र हिमाचलको ऐतिहासिक गुरुद्वारका निर्वाचित व्यवस्थापकहरुका उपस्थित थिए। पंजाब प्रदेशका केही प्रमुख सिख नेताहरू समेत कार्यक्रममा सहभाीता जनाएका थिए । कार्यक्रम कै लागी भारतीय लोकसभाका पूर्व उपसभामुख चरणजीत सिंह अटवाल पनि आएका थिए । कार्यक्रममा नेपालका सिख समुदायका प्रतिनिधिहरू र विभिन्न क्षेत्रका नेपालीहरू पनि उपस्थित थिए।

No comments:

Post a Comment