Tuesday, September 24, 2019

संविधान संशोधन पछि मात्रै स्वागत गरिने - राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मुद्दामा आफूहरूको संघर्ष जारी रहेको स्पष्ट पारेका छन् ।  राजपा सिरहाका नेता रामबहादुर महतोको १३ औँ दिनको पूण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा नेता महतोले संविधानमा रहेका त्रुटि नसच्याएसम्म संविधानको स्वागत गर्न नसकिने बताए । उनले संविधान संशोधन भएमात्र स्वागत गरिने बताए । मधेशी जनताको हकअधिकार अझै सुनिश्चित भई नसकेको उनको धारणा थियो ।


मधेशका आम नागरिकको चाहना अनुसार आफुहरु पार्टी एकतामा जोड दिएको बताउदै महतोले सशक्क्त संगठन विना अधिकारपनि असम्भव रहेको बताए । राजपाका सिरहा जिल्ला अध्यक्ष रामबहादुर महतोको १३ औं तिथी एवं श्रद्धाञ्जलीसभामा राष्ट्रिय अध्यक्ष महतोले मधेश मधेशीको भावनालाई आत्मसात् गरी समाजवादी पार्टीसँग पार्टी एकीकरण आजको आवश्यकता रहेको बताए । रामबहादुर महतो समाजका लोकप्रिय, अधिकारको सवालमा अग्रगामी, समाजसेवी रहेकोले उनको सपना पुरा गर्न गराउँन हामी अलिकति पनि पछाडि नहटने भन्दै राष्ट्रिय अध्यक्ष महतोले सरकार दमन, शोषण र मधेशीप्रति विभेद गर्दै आएकोले आन्दोलनको विकल्प नरहेको बताए ।

श्रदान्जली सभामा  प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायलगायत राजपाका केन्द्रीय समितिका ढेड दर्जन नेता सहित  स्थानीय काँग्रेस, कम्युनिष्ट र समाजवादी पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment