Monday, September 23, 2019

राजपा संयोजकमा पुन महन्थ ठाकुर

राष्टिय जनता पार्टी, नेपाल– राजपाको संयोजकमा पुन महन्थ ठाकुर चयन भएको छ । सोमवार राजपा अध्यक्ष मण्डलको बैठकले पार्टीले अंगालेको चक्रिय प्रणली अनुसार ठाकुरलाई पार्टी संयोजकको जिम्मा दिइएको हो । सोमवारको बैठक पछि यस अघि संयोजकको जिम्मा सम्हाल्दै आएका राजकिशोर यादवले विज्ञप्ती निकालेर ठाकुरलाई उक्त जिम्मा दिइएको जनाएको छ । राजपामा दुई महिनाको चक्रिया प्रणली अनुसार ठाकुर ११ महिना पछि पार्टी संयोजकको जिम्मा  पाएका हुन । साढे तीन बर्ष अगाडी तात्कालिन ६ ओटा मधेशी पार्टी एकिकरण गरेर राजपा नेपाल गठन भए पछि ठाकुरले संयोजकको जिम्मा सम्हाल्दै आएको थियो । तर पार्टीको नेतृत्वमा तहमा असन्त्ुष्टि चुलिए पछि एकिकरणको बेला सहमती अनुसार चक्रिय प्रणलीमा संयोजक रहने व्यस्था राजपाले गएको मंसीर पहिलो हप्ता गरेको थियो । बहुमतद्धारा  उक्त निर्णय भए पछि राजपाको संयोजकको जिम्मा राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवले सम्हाली सकेका छन ।


सोमवार देखि पुन संयोजकको जिम्म सिम्हालेका ठाकुरको अगाडी पार्टीको एकता महाधिवेशन गराउने चुनौती छ । गएको बैशाख पहिलो हप्ता बसेको राजपा पदाधिकारी बैठकले आउदो कार्तिक २७ देखि ३० गते सम्म राजपाको एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त बैठकले महाधिवेशनको मुल तयारी समिति समेत ठाकुरकै नेतृत्वमा गठन गरेको थियो । तर ठाकुर नेतृत्वमा महाधिवेशन मुल आयोजक समिति गठन भए पनि अहिले सम्म एउटा पनि बैठक हुन सकेको छैन ।

यस अघि पनि राजपाले बैशाख ७ देखि ९ गते महाधिवेशन गर्ने घोषणा गरे पनि त्यो तयारी नपुगेको भन्दै गर्न सकेको थिएन । तयारी नपुगेको भन्दै कार्तिकमा गर्ने गरि महाधिवेशन सारिएको थियो । एकिकरणको बेला एक बर्ष भित्र पार्टीको एकता महाधिवेशन गर्ने घोषणा गरिएको थियो । तर एकिकरणको साढे तीन बर्ष विते पनि राजपाको महाधिवेशन अनिश्चत जस्तै देखिएको छ । कार्तिकमा गर्ने गरि नयां मिती घोषणा भए पनि राजपा भित्र त्यसको तयारी कुनै देखिएको छैन ।

निर्वतमान संयोजक राजकिशोर यादवले महाधिवेशनका लागी पार्टी भित्र आन्तरिक छलफल र तयारी भइरहेको बताए । ‘हामी कसरी महाधिवेशन कार्तिकमै गर्न सक्न्छि भन्ने वारेमा आन्त्रिक छलफल गरिरहेका छौ’ यादवले अन्नपुर्णसंग भने – एकता महाधिवेशन भएकाले शिर्ष तहमा सहमती गरेर कुनै उपाय निकाल्न सकिन्छ ।’  अव हुने महाधिवेशनवाट एकल नेतृत्वमा जाने निर्णय गरिसकेको राजपाले त्यस अनुरुपमो पार्टीको नया विधान समेत तयार पारिसकेको छ । जुन विधान महाधिवेशन वाटै कार्यन्वयनमा आउने छ । नेता लक्ष्मणलाल कर्ण नेतृत्वको समितिले एकल नेतृत्वमा जाने गरि पार्टीको नयां विधान तयार पारेर अध्यक्ष मण्डललाई बुझाइसकेका छन ।


No comments:

Post a Comment