Friday, September 20, 2019

संविधान विरुद्धमा काठमाडौ सहित तराई-मधेशमा प्रर्दशन

संविधान जारी भएको ३ असोजलाई सम्झदै आदीवासी,जनजाती, थारु सहित मधेशी समुदायहरुले शुक्रवार काठमाडौ सहित देशका विभिन्न भागमा विरोध गर्दै प्रर्दशन गरेका छन । काठमाडौमा विभिन्न समुदायका अगुवाहरुको अगुवाईमा संविधान विरुद्ध प्रर्दशन गरिएको थियो । तराई मधेशका जिल्लाहरुमा राजपा नेपालले आब्हान गरेको विरोध प्रर्दशन सहित ब्लयाक आउट गरिएको छ । थरुहट संयुक्त संघर्ष समितिको अगुवाईमा टिकापुर सहित पश्चिम तराई मधेशका जिल्लाहरुमा संविधान विरुद्ध प्रर्दशन गरिएको छ ।


०७२ असोज ३ मा दोस्रो संविधानसभाद्धारा नयां संविधान जारी हुदा मधेशी सहित थारु समुदायले विरोध जनाएका थिए । यद्यपी तात्कालिन प्रमुख दलहरुले त्यसलाई वेवास्ता गर्दै नयां संविधान जारी गरेका थिए । नेपाल सरकारले संविधान जारी भएको ३ असोजको सम्झनामा संविधान तथा राष्टिय दिवस मनाउदै आएका छन । नेपाल सरकारको आयोजनामा गरिएको संविधान दिवसलाई समाजवादी पार्टी र राजपा नेपालले बहिष्कार गर्दै आइरहेका छन । सरकारमा सहभागी भए पनि समाजवादी पार्टी शुक्रवार सरकारले आयोजना गरेको संविधान दिवसमा सहभागी भएन ।

सरकारमा उपप्रधानमन्त्री रहेका उपेनद्र यादव अमेरिकामा भ्रमण छन भने काठमाडौमा रहेका अर्का समाजवादी पार्टी अध्यक्ष बाबुराम भटराईले छुटै अन्तरिक्रया कार्यक्रम आयोजना गरेका थिए । समाजवादी पार्टील् सात आटै प्रर्दशमा आज संविधान संशोधनको विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए ।

यता राजपा नेपालले काठमाडौ सहित तराई मधेशका सबै जिल्लाहरुमा विरोध प्रर्दशन गरेका छन । राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर जनकपुरमा पार्टीले आयोजना गरेको विरोध प्रर्दशनमा सहभागी भएका थिए भने अन्य शिर्ष नेताहरु प्नि विरोध प्रर्दशनमा सहभागी भएका थिए ।

राजपा र समाजवादी पार्टी सहित आदीवासी, जनजाती र थारु  सम्बद्ध संघ सस्थाहरुले आफुहरुको अधिकार सुनिश्चित हुने गरि संविधान संशोधनको माग गर्दै आएका छन । प्रमुख दलहरु नेकपा र काग्रेसले त्यसलाई स्विकार गरेका छैन ।

No comments:

Post a Comment