Thursday, September 19, 2019

मधेशमा ब्लायक आउट हुन्छ - राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले संविधानले मधेसबासी जनताको भावना नसमेमेटको आरोप लगाएका छन्। संघीय संसदको बजेट अधिवेशन समापनलाई बिहीबार सम्बोधन गर्दै नेता महतोले संविधान दिवस असोज ३ गतेका दिन मधेसमा ‘ब्ल्याक आउट’ गर्ने बताए । अमेरिकामा संविधानलाई कयौँ पटक संशोधन गर्दैै सबै नागरिकलाई अधिकार दिएर विश्वकै समृद्ध भएको उनले बताए । महतोले एकल जातीय अहंकारबाट देशलाई मुक्त गर्नुपर्ने माग गरे। संविधान संशोधन नगरी मनाइने संविधान दिवस गाईजात्रे हुने उनले तर्क गरे।


 ‘जनताको छातीमा गोली हानेर संविधान दिवस मनाउने ? संविधान दिवस होइन जनताले ब्ल्याक आउट गर्छन्’, उनले भने, ‘जनताका अधिकार खोसेर कसरी हुन्छ संविधान दिवस।

सरकारले सांसद रेशम चौधरीलाई जेल हालेर बसेको छ। खोई त समानता, पहिचा र अधिकार ?’ हिमाल, पहाड, मधेसका सबैले अधिकार पाउनुपर्ने बताउँदै उनले सरकार नै संविधान असफल पार्नेतर्फ लागेको बताए । ‘संविधान असफल बनाउने काम सरकाले गर्नुहुँदैन। संविधानमाथि सरकारबाटै धेरै प्रहार भएको छ’, उनले भने, ‘संविधान संशोधनमा सरकारले किन दोहोरो चरित्र देखाउँदैछ ? तत्काल संविधान संशोधन हुनुपर्छ।’

No comments:

Post a Comment