Monday, September 16, 2019

३ असोजमा ब्लायक आउट पनि

सविधान दिवसको दिन राष्ट्रिय जनता पार्टी, राजपा नेपाल र लोक दलले ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेको छ । २०७२ असोज ३ गते मधेशी जनतालाई दमन गरेर संविधान जारी गरेको र त्यो सविधानलाई अझै संशोधन नगरेको भन्दै त्यस दिनको सम्झनामा विरोध दिवस मनाउनुको साथै साँझामा ब्ल्याक आउट, बत्ति निभाउने गर्ने निर्णय भएको राजपा नेपालका सहमहामन्त्री संजय यादवले बताए ।

असोज ३ गते दिउँसो २ बजेदेखि प्रत्येक जिल्लामा विरोध जुलुस प्रदर्शन गर्नुको साथै साँझ ७ बजेदेखि ७ः१५ वजेसम्म ब्ल्याक आउट गर्ने निर्णय भएको उनले जानकारी दिए । पार्टीले त्यसका लागि नेताहरुको जिम्मवारी बाँडफाँड गरेको छ । २७ जिल्लाका लागि ४२ जनालाई खटाइएको छ ।

त्यस्तै, लोक दलले पनि  विभिन्न जिल्लामा विरोधका कार्यक्रम आयोजना गर्नुको साथै ७ः१५ वजे ब्ल्याक आउट गर्ने निर्णय गरेको जनाएको छ । उनले मधेशी, आदिवासी जनजाति पिछडा वर्गका लागि असोज ३ सबभन्दा कहाली लाग्दो दिन हो त्यसैले यसलाई विरोध गर्नुपर्ने बताए ।

त्यसैगरी डाबाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले असोज ३ गते हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।

न दिवसमा सहभागी हुने, न विरोधका कार्यक्रम गर्ने निर्णय गरेको सो पार्टीका प्रचार प्रसार विभागका प्रमुख प्रशान्त सिंहले जानकारी दिए । त्यो दिन समाजवादी पार्टीले सात वटै प्रदेशको राजधानीमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।



No comments:

Post a Comment