Wednesday, September 11, 2019

काठमाडौमा पार्टी कार्यलय खोल्दै त्रिपाठी

नेकपासंगको सहकार्यमा निर्वाचनमा भाग लिएका नेता हृदेश त्रिपाठी काठमाडौमा सम्पर्क कार्यलय खोल्न लागेका छन । राजपामा असन्तुष्ट बने पछि त्रिपाठी ‘स्वतन्त्र राजनितीक समुह’ बनाएर तात्कालिन एमाले संग सहकार्य गर्ने निर्णय गरेको थियो । त्यस यता उत्री नेकपामा जाने पटक पटक चर्चा चले पनि मंगलवार बसेको उनको समुहको बैठकले काठमाडौमा पार्टी कार्यलय खोल्नुको साथै जिल्ला र प्रदेश तहमा स्वतन्त्र राजनितीक समुहकै नामा संगठन बनाउने समेत निर्णय गरेको छ ।


मंगलवारको बैठक पछि पत्रकारहरुसंग कुरा गर्दै त्रिपार्ठीले दशै अगाडी काठमाडौमा सम्पर्क कार्यलय खोली सक्ने र त्यस लगत्तै समुहको नाउमा ७७ ओटै जिल्लामा संयोजक तोकिने बताए । जिल्ला तहमा संयोजक तोके पछि प्रदेश स्तरमा समेत सयोजकहरु तोकेर समितिहरु बनाउने उनले बताए ।

प्रतिनिधीसभा र प्रदेशसभामा दुई –दुई सासद रहेको यो समुहको नेकपाको संस्दीय दलको ह्विप मान्नु पर्ने हुन्छ । त्रिपाठीले चुनावी तालमेल भए पनि नेकपा सग कुनै पनि राजनितीक लगाव आफुहरु नभएको दावी गरे । उनले आफुहरु स्वतन्त्र राजनितीक समुह कै नाममा सगठन विस्तार गर्न लागेको आवश्यकता परेमा त्यसलाई राजनितिक दलको रुपमा दर्ता समेत गराउने सक्ने सम्भावना ओल्याए । ‘अहिले नै हामीले दल दर्ता तर्फ जादैन’ त्रिपाठीले भने – ‘तर सम्भवना नै छैन भन्ने होईन ।’ त्यसको साथै त्रिपाठी नेतृत्वको समुहको मंगलवारको बैठकले किसान र कृाी संग सम्बन्धीत १७ ओटा मागहरु समेत अघि सारेको छ । उक्त मागहरु प्रधानमन्त्री देखि प्रमुख दलहरुका अध्यक्षहरुलाई चाडै नै वुझाउने त्रिपाठीले बताए ।

No comments:

Post a Comment