Tuesday, September 3, 2019

असोज ३ मा राजपाद्धारा विरोध प्रर्दशन गर्ने घोषणा

संविधान प्रति असन्तुष्ट रहेको र संशोधनको माग गर्दै आइरहेका राजपा नेपालले संविधान दिवसको दिनलाई कालो दिन घोषणा गर्दै देश व्यापी विरोध प्रर्दशन गर्ने निर्णय गरेको छ । मंगलवार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले ३ असोजमा देश व्यापी प्रर्दशन गर्नुको सार्थ उक्त दिनलाई कालो दिन भनिने निर्णय  गरेको बैठक पछी संयोजक राजकिशोर यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


राजपाले यस अघि गत बर्ष पनि ३ असोजमा कालो दिन घोषणा गरेर विरोध प्रर्दशन गरेका थिए । तीन बर्ष अगाडी प्रमुख दलहरु तात्कालिन मधेशी पार्टीहरुलाई अवहेलना गर्दै नयां संविधान जारी गरेका थिए । त्यसको विरोधमा सबै मधेशी पार्टीहरु आन्दोलनमा उत्रिएका थिए । ६ महिना लामो समय सम्म चलेको उक्त मधेश आन्दोलनले संविधानमा व्यापक संशोधनको माग गरेको थियो ।
 
तर निर्वाचन पछि संविधानमा संशोधन नहुदै एउटा घटक उपेन्द्र यादवको पार्टी उनकै नेतृत्वमा सरकारमा सहभागी भएका थिए ।

गत बर्ष राजपाले ३ असोजलाई कालो दिन मनाउदैविरोध प्रर्दशनमा उत्रे पछि यादवको पार्टीमा समस्या सिर्जना भएको थियो । उनले पार्टीको प्रदेश कमिटीले कालो दिन मनाउने निर्णय गरे पनि यादव अध्यक्ष रहेको केन्द्रिय समितिले कुनै निर्णय लिन सकेन । केहि महिना अघि पुर्वप्रधानमन्त्री बाबराम भटराई संग पार्टी एकिकरण गरेका यादवले यस पटक ३ असोजमा के गर्छ भन्ने प्रश्न उठन थालेका छन ।

No comments:

Post a Comment