Saturday, September 28, 2019

समाजवादी पार्टीलाई पन्जा र जनमत पार्टीलाई लाउडस्पीकर चुनावचिन्ह्

समाजवादी पार्टीलाई निर्वाचन आयोगले पन्जा चुनाव चिन्ह् दिने निर्णय गरेको छ । यसैगरि सिके राउत नेतृत्वको जनमत पार्टीलाई लाउड स्पीकर चुनाव चिन्ह् दिने निर्णय भएको आयोगले जनाएको छ । गएको बैशाखमाडा बाबुराम भटराई र उपेन्द्र यादव नेतृत्वको पार्टी एकिकरण भएर समाजवादी गठन भए पछि नयां चुनाव चिन्ह्को माग उनीहरुले गरेका थिए । त्यसैगरि गएको फागुनमा मुलधारको राजनितीमा आउने निर्णय गरेको राउतले बैशाखमा नयां पार्टी गठन गरे पछि उनलाई आयोगले निर्वाचन चिन्ह् दिने निर्णय गरेको छ । 

भारतद्धारा कुलेश्वर मावि निर्माण

भारत सरकारको ३ करोड ८६ लाखको सहयोगमा काठमाडौ १४ स्थित कुलेश्वर आवास माध्यमिक विद्यालयको निर्माण सम्पन्न भएको छ । शनिवार भारतीय सहयोयमा निर्माण सम्पन्न भएको विद्यालय जिल्ला समन्वय समितिको रोहवार कुलेश्वर आवास परिवार कल्यान संस्थानलाई हस्तानान्तरण गरिएको छ । हस्तानान्तर कार्यक्रममा काठमाडौ स्थित भारतीय दुतावासका उपप्रमुख डा. अजय कुमार सहित संस्थानका पदाधिकारीहरु र जिल्ला समन्वय समिति काटमाडौका पदाधिकारीहरु उपस्थित थिए ।

Friday, September 27, 2019

गुरु नानकको सम्मानमा नेपाल राष्ट्र बैंकद्धारा सिक्का सार्वजनिक

नेपाल राष्ट बैकले गुरु नानकको सम्झनामा उनी अकिंत सिक्का शुक्रवार सार्वजनिक गरेका छन । शुक्रवार नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा ​​काठमाडौमा भएको कार्यक्रममा उक्त सिक्काहरु सार्वजनिक भएको हो । कार्यक्रममा गुरु नानक देवजीको ५५० औं जयंती समेत मनाइएको छ ।  उक्त सिक्का नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले संयुक्त रुपमा लन्च गरेका थिए।

Thursday, September 26, 2019

काठमाडौंमा भारतीय संविधानको धारा ३७० को चर्चा

भारतीय संसदले हालै हटाएको संविधानको धारा ३७०को बारेमा नेपालमा पनि चर्चा भएको छ। राष्ट्रिय स्वयंसेवक संघ भारतका प्रचार प्रमुख अरूण कुमारको उपस्थितिमा नेपालमा पनि यस विषयमा चर्चा भएको हो। भारतमा बुधवारबाट तथा संसारभर आफ्नो दुतावास भएको देशमा धारा ३७०को बारेमा चर्चा शुरु भइरहँदा नेपालमा पनि यस बारेमा विमर्श भएको हो । नीति अनुसन्धान प्रतिष्ठान नेपाल र नेशनल ल कलेजले संयुक्त रूपमा गरेको भारतको संविधानको धारा ३७० बोध र यथार्थ बिषयक कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै राष्ट्रिय स्वयंसेवक संघ भारतका प्रचार प्रमुख अरूण कुमारले लोकतान्त्रिक अभ्यासकै क्रममा संविधानको अस्थायी प्रावधानका रुपमा रहेको धारा ३७० हटाइएको बताए।

Wednesday, September 25, 2019

भुक्तानी रोके पछि प्रदेश २ सरकार माथी छानविन हुदै

प्रदेश २ मा आर्थिक वर्ष २०७५/७६ मा उपभोक्ता समितिमार्फत गरिएको करिब २ हजार योजनाको भुक्तानी अहिलेसम्म नदिइएपछि छानबिन सुरु भएको छ। सम्पन्न योजनाहरुको भुक्तानी कमिसनको कारण रोकिएको आरोप लाग्न थालेपछि प्रदेश २ को संसदीय समितिले छानबिन थालेको हो । समितिले योजना निर्माण स्थलमै पुगेर मूल्यांकन सुरु गरेको छ। इन्जिनियर र ओभरसियरसमेत सहभागी रहेको सांसदका ६ वटा टोलीले कामको मूल्यांकन थालेको हो।

Tuesday, September 24, 2019

संविधान संशोधन पछि मात्रै स्वागत गरिने - राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मुद्दामा आफूहरूको संघर्ष जारी रहेको स्पष्ट पारेका छन् ।  राजपा सिरहाका नेता रामबहादुर महतोको १३ औँ दिनको पूण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा नेता महतोले संविधानमा रहेका त्रुटि नसच्याएसम्म संविधानको स्वागत गर्न नसकिने बताए । उनले संविधान संशोधन भएमात्र स्वागत गरिने बताए । मधेशी जनताको हकअधिकार अझै सुनिश्चित भई नसकेको उनको धारणा थियो ।

Monday, September 23, 2019

राजपा संयोजकमा पुन महन्थ ठाकुर

राष्टिय जनता पार्टी, नेपाल– राजपाको संयोजकमा पुन महन्थ ठाकुर चयन भएको छ । सोमवार राजपा अध्यक्ष मण्डलको बैठकले पार्टीले अंगालेको चक्रिय प्रणली अनुसार ठाकुरलाई पार्टी संयोजकको जिम्मा दिइएको हो । सोमवारको बैठक पछि यस अघि संयोजकको जिम्मा सम्हाल्दै आएका राजकिशोर यादवले विज्ञप्ती निकालेर ठाकुरलाई उक्त जिम्मा दिइएको जनाएको छ । राजपामा दुई महिनाको चक्रिया प्रणली अनुसार ठाकुर ११ महिना पछि पार्टी संयोजकको जिम्मा  पाएका हुन । साढे तीन बर्ष अगाडी तात्कालिन ६ ओटा मधेशी पार्टी एकिकरण गरेर राजपा नेपाल गठन भए पछि ठाकुरले संयोजकको जिम्मा सम्हाल्दै आएको थियो । तर पार्टीको नेतृत्वमा तहमा असन्त्ुष्टि चुलिए पछि एकिकरणको बेला सहमती अनुसार चक्रिय प्रणलीमा संयोजक रहने व्यस्था राजपाले गएको मंसीर पहिलो हप्ता गरेको थियो । बहुमतद्धारा  उक्त निर्णय भए पछि राजपाको संयोजकको जिम्मा राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवले सम्हाली सकेका छन ।

Sunday, September 22, 2019

राजपामा लिम्बुवान बिध्यार्थी र खम्बुवान युवा मन्च समाहित

पुर्वी पहाडमा सक्रियमा रहेको लिम्बुवान बिध्यार्थी तथा खम्बुवान युवा मन्च संयुक्त रुपमा राजपा नेपालमा समाहित भएको छ । राष्ट्रिय जनता पार्टी प्रदेश १ का युवा अध्यक्ष रोशन लिम्बुको अगुवाईमा भएको कार्यक्रममा प्रदेस १ भित्र रहेका लिम्बुवान बिध्यार्थी र खम्बुवान युवा मन्च संयुक्त रुपमा राजपामा समाहित भएको घोषणा गरेका छन । राजपाको केन्द्रिय पार्टी कार्यालयमा आयोजित एकता घोषणा कार्यक्रमलाई सभापति रोशन लिम्बू प्रमुख अतिथी राजपा अध्यक्ष मण्डल नेता राजेन्द्र महोत्तोको थियो भने लिम्बुवान बिध्यार्थीका केन्द्रिय अध्यक्ष अशोक छेत्री र खम्बुवान युवा मन्चका संयोजक फलिद राईको उपस्थिति थियो ।

Friday, September 20, 2019

संविधान विरुद्धमा काठमाडौ सहित तराई-मधेशमा प्रर्दशन

संविधान जारी भएको ३ असोजलाई सम्झदै आदीवासी,जनजाती, थारु सहित मधेशी समुदायहरुले शुक्रवार काठमाडौ सहित देशका विभिन्न भागमा विरोध गर्दै प्रर्दशन गरेका छन । काठमाडौमा विभिन्न समुदायका अगुवाहरुको अगुवाईमा संविधान विरुद्ध प्रर्दशन गरिएको थियो । तराई मधेशका जिल्लाहरुमा राजपा नेपालले आब्हान गरेको विरोध प्रर्दशन सहित ब्लयाक आउट गरिएको छ । थरुहट संयुक्त संघर्ष समितिको अगुवाईमा टिकापुर सहित पश्चिम तराई मधेशका जिल्लाहरुमा संविधान विरुद्ध प्रर्दशन गरिएको छ ।

Thursday, September 19, 2019

मधेशमा ब्लायक आउट हुन्छ - राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले संविधानले मधेसबासी जनताको भावना नसमेमेटको आरोप लगाएका छन्। संघीय संसदको बजेट अधिवेशन समापनलाई बिहीबार सम्बोधन गर्दै नेता महतोले संविधान दिवस असोज ३ गतेका दिन मधेसमा ‘ब्ल्याक आउट’ गर्ने बताए । अमेरिकामा संविधानलाई कयौँ पटक संशोधन गर्दैै सबै नागरिकलाई अधिकार दिएर विश्वकै समृद्ध भएको उनले बताए । महतोले एकल जातीय अहंकारबाट देशलाई मुक्त गर्नुपर्ने माग गरे। संविधान संशोधन नगरी मनाइने संविधान दिवस गाईजात्रे हुने उनले तर्क गरे।

Wednesday, September 18, 2019

प्रदेश सरकारको फजुल खर्च

प्रदेश २ को सरकारले आधा दर्जनभन्दा बढी काममा गरेको लाखौं रुपैयाँको नतिजा शून्य छ । स्वयंसेवकमा कर्मचारी भर्ना र सल्लाह–सुझाव संकलनका नाममा खर्चिएको लाखौं रुपैयाँको नतिजा बेकामे बनेको हो । सामाजिक विकास मन्त्रालयले शिक्षा, कृषि, स्वास्थ्य क्षेत्रका लागि आवश्यक कर्मचारीका लागि आह्वान गर्‍यो । स्वयमसेवकका लागि विज्ञापन निकालेर प्रदेशका ८ जिल्लाबाट आवेदन लियो । प्रदेशको ८ वटै जिल्लाका स्वास्थ्य कार्यालयमार्फत मन्त्रालयले आवेदन संकलन गरी मौखिक परीक्षा लिए । तर, नतिजा सार्वजनिक गरेनन् ।

Tuesday, September 17, 2019

नेकपामा मधेस मतभेद

नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ। शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो। पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच अन्तरविरोध चुलिएको छ। दुवै जनाले अध्यक्ष पुष्पकमल दाहाललाई नेता मान्छन् । मधेसमा भने उनीहरू आआफ्नो समूह बनाउन क्रियाशील छन्। पूर्वएमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि मिलेका छैनन्। पार्टी एकतापछि ओली र साह एकातिर र यादव र नेपाल अर्कातिर देखिएका छन्। यही समीकरणका आधारमा नेताहरूले संगठनात्मक भागबन्डा खोजी गर्दा विवाद बढेको हो। यसले गर्दा प्रदेशका आठमध्ये तीन जिल्ला कमिटीका पदाधिकारीको शपथ रोकिएको छ।

संविधान दिवस छल्न उपेन्द्र यादव अमेरिका जाँदै

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र्र यादव संविधान दिवसका लागि सरकारले आयोजना गर्ने औपचारिक कार्यक्रममा सहभागी नहुने भएका छन्। नेपालको संविधान जारी भएको ३ असोजलाई सरकारले राष्ट्रिय पर्वका रूपमा मनाउने घोषणा गरेको छ। संविधान दिवसलाई पर्वका रूपमा मनाउन सरकारले सर्वसाधारणलाई घरघरमा दीपावली गरी मनाउन आह्वान गरिरहेका बेला उपप्रधानमन्त्री यादव भने दिवस छल्न अमेरिका उड्ने तयारीमा छन्।

Monday, September 16, 2019

३ असोजमा ब्लायक आउट पनि

सविधान दिवसको दिन राष्ट्रिय जनता पार्टी, राजपा नेपाल र लोक दलले ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेको छ । २०७२ असोज ३ गते मधेशी जनतालाई दमन गरेर संविधान जारी गरेको र त्यो सविधानलाई अझै संशोधन नगरेको भन्दै त्यस दिनको सम्झनामा विरोध दिवस मनाउनुको साथै साँझामा ब्ल्याक आउट, बत्ति निभाउने गर्ने निर्णय भएको राजपा नेपालका सहमहामन्त्री संजय यादवले बताए ।

Sunday, September 15, 2019

मधेश आन्दोलनका एक दर्जन व्यक्तिको मुद्धामा अदालतद्धारा सफाई

तेश्रो मधेश आन्दोलनको क्रममा भएको जानकी मन्दिरमा रहेको प्राचिन स्मारक तोडफोडको मुद्दाको फैसला आज भएको  छ । धनुषा जिल्ला अदालतले जानकी मन्दिरको गृहगर्भमा गएर प्राचीन स्मारक तोडफोड मुद्दाको अभियोग प्रमाणित नभएकाले करिब एक दर्जनले आइतबार सफाई दिएको हुन् ।

Friday, September 13, 2019

संविधान दिवसलाई लिएर मधेशी पार्टी विभाजित

संविधान दिवस मान्ने कि नमान्ने भन्नेमा तराई/मधेसकेन्द्रित दल विभाजित छन् । समाजवादी, राजपा र सीके राउत नेतृत्वको दलबीच यसबारे मतैक्य छैन । राजपाको अध्यक्षमण्डल बैठकले हालै असोज ३ लाई कालो दिनका रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । दोस्रो संविधानसभाले २०७२ असोजमा नयाँ संविधान जारी गर्दा मधेसकेन्द्रित दल आन्दोलनमा थिए । संविधान संशोधन नभएसम्म विरोध कार्यक्रम जारी रहने राजपा संयोजक राजकिशोर यादवले बताए । ‘यो संविधान हाम्रो अधिकार कटौती गरी ल्याइएको छ’, उनले भने, ‘हामीले यसलाई पूर्णरूपमा स्वीकार गरेका छैनौं ।’ समाजवादीको धारणा भने फरक छ । वरिष्ठ नेता अशोक राईका अनुसार संविधान दिवसमा सहभागी नहुने तर विरोध प्रदर्शन पनि नगर्ने रणनीति पार्टीले बनाएको छ । ‘संविधान संशोधनको एजेन्डामा हामी अडिग छौं’, उनले भने, ‘संविधान संशोधन पार्टीको एजेन्डा भएकाले संविधान दिवसमा हामी सहभागी हुँदैनौं ।’

Thursday, September 12, 2019

पहाड चढ्‍दै सिके राउत

स्वतन्त्र मधेसको राजनीति परित्याग गरेर मुलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष डा। सिके राउत संगठन निर्माण गर्न पहाड चढेका छन्। गएको फागुनमा सरकारसँग सम्झौता गरेर विखण्डकारी राजनीति परित्याग गरेका राउतले मुलधारको पार्टी बनाउने घोषणा गरेका थिए। त्यसपछि उनले जनमत पार्टीको घोषणा गर्दै निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् । आयोगमा दल दर्तासँगै पार्टीको संगठनमा जोड दिँदै आएका राउतले तराई मधेसका २२ जिल्लासँगै सात प्रदेशमध्ये ६ प्रदेशमा समिति बनाइसकेका छन्।  १, २ र ५ बाहेकको संगठन विस्तार पहाड केन्दित छ। प्रदेश नम्बर ३, ४ र ६ मासमेत जनमत पार्टीले संगठन विस्तार गरिरहेको छ।

Wednesday, September 11, 2019

काठमाडौमा पार्टी कार्यलय खोल्दै त्रिपाठी

नेकपासंगको सहकार्यमा निर्वाचनमा भाग लिएका नेता हृदेश त्रिपाठी काठमाडौमा सम्पर्क कार्यलय खोल्न लागेका छन । राजपामा असन्तुष्ट बने पछि त्रिपाठी ‘स्वतन्त्र राजनितीक समुह’ बनाएर तात्कालिन एमाले संग सहकार्य गर्ने निर्णय गरेको थियो । त्यस यता उत्री नेकपामा जाने पटक पटक चर्चा चले पनि मंगलवार बसेको उनको समुहको बैठकले काठमाडौमा पार्टी कार्यलय खोल्नुको साथै जिल्ला र प्रदेश तहमा स्वतन्त्र राजनितीक समुहकै नामा संगठन बनाउने समेत निर्णय गरेको छ ।

Wednesday, September 4, 2019

सिके राउत नेतृत्वको जनमत पार्टीद्धारा काठमाडौमा कार्यक्रम गर्ने निर्णय

डा सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय वैठकले १८ वटा निर्णय  गरेको छ । वीञ्गजमा भएको केन्द्रीय समिति बैठकको निर्णय बुधबार सार्वजनिक गरेको हो । विभिन्न क्षेत्रमा योगदान गरेका ४५ वर्ष पुरा गरेकाहको ‘वरिष्ठ नेतृत्व मण्डल’ गठनको तयारी पनि जनमत पार्टीले गरेको छ।

Tuesday, September 3, 2019

असोज ३ मा राजपाद्धारा विरोध प्रर्दशन गर्ने घोषणा

संविधान प्रति असन्तुष्ट रहेको र संशोधनको माग गर्दै आइरहेका राजपा नेपालले संविधान दिवसको दिनलाई कालो दिन घोषणा गर्दै देश व्यापी विरोध प्रर्दशन गर्ने निर्णय गरेको छ । मंगलवार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले ३ असोजमा देश व्यापी प्रर्दशन गर्नुको सार्थ उक्त दिनलाई कालो दिन भनिने निर्णय  गरेको बैठक पछी संयोजक राजकिशोर यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।