Wednesday, August 7, 2019

राजपा र समाजवादी पार्टीमा अनिश्चित महाधिवेशन

राष्टिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीले पटक–पटक महाधिवेशन गर्ने घोषणा गरे पनि त्यो अनिश्चीत जस्तो देखिएको छ । राजपाले यस अघि गएको बैशाख ७,८ र ९ गते पार्टीको एकता महाधिवेशन गर्ने घोषणा गरेको थियो । तर तयारी नपुगेको भन्दै कार्तिकमा गर्ने गरि सारेको छ । कार्तिकमा महाधिवेशन गर्नका लागी महन्थ ठाकुरको संयोजकत्वमा मुल तयारी समिति समेत गठन गरे पनि राजपाको उक्त समितिको अहिले सम्म एउटा बैठक  समेत हुन सकेको छैन । तीन बर्ष अगाडी तात्कालिन मधेशी मोर्चामा आबद्ध ६ ओटा दलहरु एकिकरण गरेर राजपा नेपाल गठन गरेका थिए । एकिकरणको बेला एक बर्ष भित्र पार्टीको एकता महाधिवेशन गर्ने घोषणा गरिएको थियो । तर एकिकरणको तीन बर्ष विते पनि राजपाको महाधिवेशन अनिश्चत जस्तै छ । कार्तिकमा गर्ने गरि नयां मिती घोषणा भए पनि राजपा भित्र त्यसको तयारी कुनै देखिएको छैन । अध्यक्ष मण्डलका वर्तमान संयोजक राजकिशोर यादव अव चाडै नै तयारी मुल समितिको बैठक बस्ने दावी गरे । ‘पछिल्लो केहि समय यता हामी पार्टीको आन्तरिक कुराहरु वारेमा लागातार छलफल थालेका छौ’ यादवले भने – ‘अव चाडै नै हामी यसको तयारी सुरु गर्दै छौ ।’


यादवले महाधिवेशनको तयारी चाडै नै सुरु हुने दावी गरे पनि गएको माघ देखि नै सुरु भएको पार्टीको सदस्यता वितरण अझै टुगिएको छैन । केहि जिल्लाहरुमा विवाद देखिएको पछि त्यो त्यतीकै थन्किएको छ । यद्यपी संयोजक यादव अव पहिलो महाधिवेशन ठाउ तोक्ने र त्यस पछि सक्दो चाडो गर्ने गरि महाधिवेशन प्रतिनिधीको टुगो लगाउने दावी गरे । अव हुने महाधिवेशनवाट एकल नेतृत्वमा जाने निर्णय गरिसकेको राजपाले त्यस अनुरुपमो पार्टीको नया विधान समेत तयार पारिसकेको छ । जुन विधान महाधिवेशन वाटै कार्यन्वयनमा आउने छ । नेता लक्ष्मणलाल कर्ण नेतृत्वको समितिले एकल नेतृत्वमा जाने गरि पार्टीको नयां विधान तयार पारेर अध्यक्ष मण्डललाई बुझाइसकेका छन ।

राजपा जस्तै अवस्था समाजवादी पार्टीको पनि छ । उपेन्द्र यादवको नेतृत्वको तात्कालिन मधेशी जनअधिकार फोरम र अशोक राईको नेतृत्वको  समाजवादी पार्टीसंग एकिकरण भएको चार बर्ष भन्दा वढी भए पनि यादव र राई मिलेर बनेको नयां पार्टीले महाधिवेशन गर्न सकेन । यादव र राई मिलेर गठन गरेको संघिय समाजवादी पार्टी नेपालले पनि पटक पटक महाधिवेशन गर्ने घोषणा गरे पनि उक्त पार्टीको महाधिवेशन हुन सकेन । 

पछिल्लो समयमा गएको बैशाख अन्तिम हप्ता जनकपुरकमा महाधिवेशन गर्ने घोषणा गरेको यादव र राईले २३ बैशाखमा पुर्वप्रधानमन्त्री बाबुराम भटराई नेतृत्वको नयां शक्ति संग पुन एकिकरण गरे । एकिकरण पश्चात बनेको नयां समाजवादी पार्टीले चाडै नै एकता महाधिवेशन गर्ने बताएका थिए । तर पार्टी एकिकरण भएको तीन महिना पछि बल्ल समायोजनको काम थालिएका ले अहिले यो पार्टीको पनि महाधिवेशन कहिले हुने टुगो छैन । विदेश विभाग प्रमुख अर्जुन थापाले पार्टीको समायोजन सकिए पछि मात्रै पार्टीको महाधिवेशनको वारेमा पार्टीले निर्णय लिने बताए । ‘अहिले हामी प्रादेशिक स्तरमा पार्टी समायोजनका कामहरु सम्पन्न गर्न लागेका छौ’ थापाले भने – ‘पार्टी एकिकरण पछि गरिनु पर्ने सम्पुर्ण समायोजन सकिए लगत्तै महाधिवेशनको घोषणा हुन्छ ।’

No comments:

Post a Comment