Tuesday, August 6, 2019

मधेशी आयोगको गोष्ठीमै साढे तीन करोड खर्च

मधेसी आयोगका अध्यक्ष विजय दत्तले ४ महिनामै गोष्ठी र अनुशिक्षणको नाउँमा साढे ३ करोड बढी रकम खर्च गरेका छन् । चैत ७ गते अध्यक्षको कार्यभार बहाल गरेका दत्तले ४ महिनामै गोष्ठि अनुशिक्षण कार्यक्रममा ३ करोड ५६ लाख ८१ हजार १ सय ६८ रुपैया खर्च भएको जानकारी सोमवार पत्रकार सम्मेलन गरेका जानकारी दिएका छन ।


सोमबार ललितपुरस्थित आफ्नै कार्यालयमा आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७५/०७६ मा गरिएको कार्यक्रमहरुको विवरण सार्वजनिक गरिएको हो ।आयोगले अनुशिक्षण र गोष्ठीका लागि ३ करोड ५६ लाख ८१ हजार १सय ६८ रुपैयाँ खर्च भएको जनाएको हो । आयोगको गत आर्थिक वर्षमा कुल बजेट ५ करोड ९० लाख रहेको थियो ।त्यस मध्ये खर्च हुन नसकेको एक करोड ५२ लाख १८ हजार ८ सय ३१ रुपैयाँ फ्रिज भएको छ ।

आयोगले जनचेतनामूलक रेडियो जिंगल निर्माण र प्रसारणमा साढे ४ लाख बढी खर्च गरेको जनाएकोछ । आयोगले गोष्ठि, अनुशिक्षण र एफएम जिंगल निर्माण र प्रसारणमा साढे ४ लाख बढी रकम खर्च गरेको बाहेक वर्ष भरीको अध्यक्ष समेत कर्मचारीहरुको तलब, भत्ता, घर बहाल, बिजुली, फर्निचर लगायतका सबै काममा ७७ लाख भन्दापनि कम रकम खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दियो ।

आयोगले प्रदेश २ का ८ वटा जिल्ला, प्रदेश १, प्रदेश ५ र ७ मा गोष्ठी तथा अनुशिक्षण कार्यक्रमका लागि साढे ३ करोड बढी खर्च गरेको छ ।प्रदेश २ को सरकारका कयौं मन्त्रालयले सर्वाधिक गोष्ठि र प्रशिक्षणको कार्यक्रम गरेपनि मधेशी आयोगले खर्च गरेको बजेट भन्दा निकै कम रहेकोछ ।

२०७५ कात्तिक २५ गते कार्यालय स्थापना भएको आयोगको अध्यक्षमा दत्त २०७५ को चैत ७ गते पदभार सम्हालेपनि ४ जना सदस्यको पद अझै रिक्त नै रहेकोछ ।

No comments:

Post a Comment