Wednesday, August 28, 2019

बैठकलाई लिएर राजपामा असन्तुष्टि

राष्ट्रिय जनता पार्टी, राजपानेपालका संयोजक राजकिशोर यादवले अन्य अध्यक्षसँग परामर्श नगरिकन राजनितीक समिति बैठक बोलाए पछि पार्टीमा असन्तुष्टि देखिएको छ । यादवले अध्उक्ष मण्डलका सदस्य अनिल झा बाहेक अन्य अध्यक्षसँग छलफन नै नगरी शुक्रबार र शनिबार राजनीतिक समितिको बैठक बोलाएको भन्दै राजपाका अन्य ने्ताहरुले आपत्ति जनाएका छन । ‘उहाँलाई राजनीतिक समितिको बैठक बोलाउने अधिकार नै छैन, राजनीतिक समितिको बैठक बोलाउँदा उहाँले अरु अध्यक्षसँग छलफल समेत गर्नुभएको छैन’, एक अध्यक्ष मण्डल सदस्यले भने, ‘यो बैठक कुनै हालतमा बस्न सक्दैन।’


अध्यक्षमण्डल संयोजक राजकिशोर यादवले भने छलफल गर्नुपर्ने राजनीतिक समितिका सदस्यसँग छलफल गरेरै बैठक बोलाएको बताए। ‘आज बिहान केही साथीहरुले असन्तुष्टी व्यक्त गर्दै हुनुहुन्थ्यो, मैले हजुरको असन्तुष्टी बैठकमा राख्नुहोला भनिदिए, बैठक छलफल कै लागि त बोलाइएको हो, बैठकभन्दा पहिला के को छलफल ?’, संयोजक यादवले भने,‘लोकतन्त्रमा सबैले आफ्नो कुरा भन्न पाउने अधिकार छ, त्यसैले बैठक बोलाइएको हो, यसमा विवाद गर्नुपर्ने कारण छैन।’

पार्टीका सबै बैठक छलफल गरेरै बोलाउनु पर्ने राजपाका महासचिव केशव झाले प्रष्ट पारे। ‘छलफल नै नगरी सुटुक्क बैठक बोलाउनाले पार्टीभित्र नराम्रो प्रवृति विकास हुन्छ’, उनले भने,‘पार्टीभित्रका कुनैपनि नेता कार्यकर्ता यस्तो प्रवृतिसँग सहमत हुन सक्दैनन्।’

पछिल्लो समय राजपाभित्र पार्टी एकताको बहसले चर्चा पाएको छ। नयाँ शक्ति र संघीय समाजवादीबीचको एकतापछि बनेको समाजवादी पार्टीसँग राजपाको एकता हुने चर्चा पार्टीभित्र चलिरहेको छ। तर, राजपाभित्र  एउटा पक्षले समाजवादीसँग एकता गर्नै नहुने अडान लिइरहेको छ। अर्को पक्ष भने सरकारबाट बाहिरिएपछि समाजवादीसँग एकता गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको छ। शुक्रबार र शनिबार बोलाइएको बैठक पार्टी भित्र असन्तुष्टि देखिए पछि अन्योलमा परेको छ ।

No comments:

Post a Comment