Tuesday, August 27, 2019

समाजवादी पाटीको युवा संघमा यादव

समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी युवासंघको केन्द्रीय अध्यक्षमा प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव मनोनित भएका छन । ललितपुरको सातदोबाटोस्थित याक्थुङ चुमलुङ सभाहलमा आयोजित किराँत नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी फोरम नेपालको एकता घोष्णासभाले समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा राज्यमन्त्री यादवलाई चयन गरेको हो ।


समाजवादी पार्टीले युवा संगै अन्य भातृ संगठनहरु समाजवादी महिला संघ नेपाल, समाजवादी विद्यार्थी युनियन, समाजवादी युवा संघ, संघीय समाजवादी खेलकुद महासंघ लगायत विभिन्न भातृ संगठनहरुको समेत टुगो लगाएको छ ।

एकतापछि आईतबार बसेको बैठकले  नयाँ नाम राखिएको समाजवादी युवा संघको अध्यक्षमा राज्यमन्त्री एवम् प्रदेश सांसद योगेन्द्र यादवलाई सर्वसमतिबाट चयन गरिएको छ ।  त्यस्तै संघको उपाध्यक्षमा असलम खान र सदस्यहरुमा सनोज यादव, नवनीत मिश्र, पशुपति यादव, मुक्तिनाथ यादव र रेनुराज सिंह चयन भएको राज्यमन्त्री यादवका स्वकीय सचिव कमलेश यादवले जानकारी दिए ।

एकता घोष्णासभामा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भटराई, अर्का अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।





No comments:

Post a Comment