Friday, August 23, 2019

टिकापुरमा थारु सम्मेलन हुदै


टिकापुर घटनाको चार बर्ष पुगेको अवसरमा पारेर थारु सम्बद्ध विभिन्न संघ संस्थाहरुले शनिवार देखि थारु सम्मेलन गर्न लागेका छन । सोमवार सम्म टिकापुरमा हुने थारु सम्मेलनले टिकापुर घोषणापत्र समेत सार्वजनिक गर्ने छ । ०७२ साल भदौ ७ गते संविधान प्रति असन्तुष्टि राख्दै भएको आन्दोलनमा टिकापुरमा हिंसात्मक घटना हुन पुगेको थियो । जसमा प्रहरीका उच्च अधिकारीहरुको समेत ज्यान गए अवस्था तनावपुर्ण बन्न पुगेको थियो । उक्त घटनामा दर्जनौ थारु अगुवा  पछि पक्राउ परे भने सयौको संख्यामा विस्थापित भएका थिए ।


रेशम चौधरी त्यही घटनामा जन्मकैदको साजय भो्ग्दै छन भने अर्का थारु ने्ता लक्ष्मण थारु केहि महिना अघि जेलवाट रिहा भएका थिए । लक्ष्मण थारु यो सम्मेलनको अगुवाई समेत गरिरहेका छन ।

शनिवाद देखि सूरु हुने  सम्मेलनलाई समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई, राजपाका नेता लक्ष्मणलाल कर्ण, विश्लेषक खगेन्द्र सङ्ग्रौला र वरिष्ठ पत्रकार किशोर नेपाल लगायतले सम्बोधन गर्ने छन्।
टीकापुरमा थारुहरू भेला हुँदा सुरक्षा चुनौती थपिने आकलन सुरक्षा निकायको थियो। जसका लागि कार्यक्रम आयोजनाप्रति सुरक्षा निकायले चासो देखाएका थिए। कार्यक्रम शान्तिपूर्ण हुन दिन आयोजक र सुरक्षाकर्मीबिच सात बुँदे सहमति भएको छ।

सहमतिमा सामाजिक सद्भाव खलबलिने र शान्ति सुरक्षामा असर पर्ने गरी कार्यक्रम अवधि भरी कुनै किसिमको नारा, जुलुस, वक्तव्य र सम्बोधन नगर्ने–गराउने भनिएको छ। कार्यक्रममा प्रवेश गर्ने सबैको सुरक्षा जाँचसहित परिचय खुल्ने परिचयपत्रको व्यवस्था गर्ने भनिएको छ।

सुरक्षा निकायको वढदो चासोका कारण टीकापुर सम्मेलनमा खटिएका स्वयम् सेवकलाई थारु नेता तथा प्रहरीले प्रशिक्षण दिएका छन्।

प्रहरीसँगै समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने गरी नेताहरू लक्ष्मण थारु, मीनराज चौधरी र इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मनोहर प्रसाद भट्टले स्वयम् सेवकहरूलाई प्रशिक्षण दिएका छन्। डिएसपी भट्टका अनुसार बुधवारदेखि नै टीकापुर र आसपास क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको छ। टीकापुर बजार क्षेत्रमा मदिराजन्य बस्तु बिक्री वितरणमा रोक लगाइएको छ।


 

No comments:

Post a Comment