Wednesday, August 21, 2019

भारतद्धारा तराई सडकका लागी १ अर्ब २९ करोड सहयोग

भारत सरकारले तराईको सडक स्तरोन्नति र निर्माणका लागि नेपाललाई करिब १ अर्ब २९ करोड अर्थात ८०।७१ करोड भारतीय रुपैयाँ प्रदान गरेको छ। नेपाल-भारतको संयुक्त आयोगको बैठकमा भाग लिन बुधवार नेपाल आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
सुरु  भयो नेपाल -भारत संयुक्त बैठक

नेपाल-भारत संयुक्त आयोगको बैठक काठमाडौंमा सुरु भएको छ। संयुक्त आयोगको बैठक बुधबार होटल याक एन्ड यतिमा सुरु भएको हो। आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उनका भारतीय समकक्षी सुब्रमन्यम् जयशंकरसहित  दुबै देशका उच्च अधिकारीहरु सहभागी छन्। बैठक बिहीबारसम्म चल्नेछ।

बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र जयशंकरले आआफ्नो धारणा प्रस्तुत गरेका छन । त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल सुरु भएको छ ।



 
संयुक्त आयोग बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक साझेदारी, व्यापार, ऊर्जा, जलस्रोत, संस्कृति, शिक्षा र दुई देशका आपसी हितका विषयमा समीक्षा हुनेछ।

सन् १९८७ जुनमा गठन गरिएको नेपालभारत संयुक्त आयोगको यो सातौं बैठक हो। संयुक्त आयोगको यसअघिको बैठक सन् २०१६मा नयाँ दिल्लीमा भएको थियो। 

No comments:

Post a Comment