
उनकाअनुसार अध्यक्षमण्डलका ६ जना सदस्यमध्ये महन्थ ठाकुर, महेन्द्रराय यादव, अनिलकुमार झा र राजकिशोर यादव महाधिवेशनको पक्षमा उभिएका छन्। राजेन्द्र महत्तो र शरदसिंह भण्डारी भने समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्ने पक्षमा छन्।
‘पहिले महाधिवेशन गर्ने कि समाजवादी पार्टीलगायतसँग एकीकरणको प्रक्रिया अघि बढाउने भन्नेमा पार्टीभित्र छलफल चलिरहेको छ,’ पार्टीका महासचिव केशव झाले भने, ‘तर, कित्ताकाट नै उभिने गरी विवाद भएको चाँहि होइन।’ उनकाअनुसार दुवै कोणबाट पार्टीभित्र छलफल चलिरहेकाले निष्कर्षमा पुग्न बाँकी छ।
सोमबारका अध्यक्षमण्डलको बैठक बस्ने जानकारी गराउँदै संयोजक राजकिशोर यादवले सार्वजनिक रूपमा नै बैठकको अजेन्डाका बारेमा जानकारी गराएका थिए। ‘आज राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक पार्टी कार्यालय बबरमहलमा बस्नेछ,’ संयोजक यादवले ट्विट गर्दै भनेका थिए, ‘यो बैठकद्वारा पार्टीको गतिशीलता, राष्ट्रिय सरोकारका विषयमा पार्टीको धारणा, संसद्मा पार्टीको भूमिका, महाधिवेशन तयारीको लागि गर्नुपर्ने कार्यको बारेमा महत्त्वपूर्ण लिनेछ।’ बैठक बोलाउनुअघि संयोजक यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई सानोठिमी पुगेर भेटघाटसमेत गरेर राय लिएका थिए।
त्यसपपछि अध्यक्षमण्डलको बैठकका लागि भन्दै केन्द्रीय कार्यालयमा संयोजक यादवसहित ठाकुर, महेन्द्रराय र झालगायतका अन्य दुई अध्यक्ष महत्तो र भण्डारीलाई प्रतीक्षा गरेर बसिरहे। तर दुवै अध्यक्ष बैठकमा समयमा उपस्थित भइदिएनन्। बैठकमा नगई महत्तो र भण्डारी अलग बैठक बसेका थिए। निकै अबेला गरेर महत्तोजी चाँहि बैठकमा आउनुभयो, तर भण्डारी बैठकमा उपस्थित नै हुनु भएन,’ एक नेताले भने।
No comments:
Post a Comment