Monday, August 19, 2019

राजपा अध्यक्षमण्डलको बैठक सुरु

राजपा नेपालको अध्यक्ष मण्डल बैठक सोमवार देखि काठमाडौमा सुरु भएको छ । पार्टीको महाधिवेशन अनिश्चित देखिए पछि बैठक बस्न लागेको छ । यस अघि बैशाखमा घोषणा गरेरसमेत महाधिवेशन गर्न नसकेको राजपाले कार्तिकमा महाधिवेशन गर्ने अर्को मिती तय गरेको छ ।


सोमवार देखि पार्टी कार्यलयमा सुरु भएको बैठकमा कार्तिकमा घोषणा गरिएको मितीमा कसरी महाधिवेशनगर्न सकिने सहित पार्टीको अन्य आन्तरिक मुद्धाहरुवारेमा छलफल सुरु भएको छ । बैठकमा पार्टीले संसदमा उठाउदैआएको लाल आयोगको प्रतिवेदन सार्वजनिक सहित संविधान संशोधनका लागी प्रधानमन्त्रीसंग पुन कुराकानी गर्ने भन्ने वारेमा समेत छलफल भइरहेको छ ।

राजपा अध्यक्ष मण्डलले यही हप्ता भित्र प्रधानमन्त्रीलाई भेटेर संविधान संशोधनको अल्टीमेटन दिन लागेको नेताहरुले बताएका छन ।

No comments:

Post a Comment