Friday, August 16, 2019

‘नेपाल –भारत सम्बन्ध वलियो’

नेपाल र भारत विचको सम्बन्ध वलियो रहेको भन्दै विभिन्न पार्टीका नेताहरुले अगामी दिनलाई त्यसलाई थप व्यवस्थीत गर्दै जानु पर्नेमा जोड दिएका छन । भारतको ७३ औ स्वतन्त्रता दिवसको अवसरमा शुक्रवार काठमाडौमा नेपाल–भारत मैत्री समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै नेताहरुले भारतको विगतको ७३ बर्षवाट नेपालले धेरै सिक्नु पर्ने बताए । कार्यक्रममा राजपा नेपालका संयोजक राजकिशोर यादवले दुई देशको सम्बन्ध त्रेयता युग देखि नै वलियो रेहेकमेमा जोड वर्तमानमा आएर दुवै नयां ढंगले समिकक्षा गर्दै अगाडी वढनु पर्नेमा जोड दिए । ‘यो वैश्य युग हो’ यादवले भने – ‘नेपालले आफनो हितलाई केन्द्रमा राखेर वर्तमानमा भारतसंग  अगाडी वढनु पर्ने हुन्छ ।’ उनले भारतको विशाल जनसख्या र वलिषे लोकतन्त्रलाई नेपालले आफनो ठाउमा फाइदा उठाउन सक्नु पर्ने बताए । कार्यक्रममा समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका समेत प्ररणदायी रहेको भन्दै यी दुई देशको सम्बन्ध कसैले चाहदैमा समस्यामा नपर्ने बताए । राप्रपा एकिकृतको अध्यक्ष पशुपतिशम्शेर राणाले भारतमा भइरहेको तीव्र परिवर्तन र विकासवाट नेपालले सक्दो फाइदा लिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काग्रेसको नेता नविन्द्रराज जोशीले विपी कोइराला, गणेशमान सिंह जस्ता नेपालको अग्रणी नेताहरुले भारतको स्वतन्त्रता दिवसवाट अत्यद्यीक प्रभावित भएको चर्चा गर्दै नेपाल–भारतको राजनितीक सम्बन्ध वारेमा वोलेका थिए । नेकपा नेता गणेश शाहले दई देशको सम्बन्ध विगत र वर्तमान भन्दा पनि अव भविष्यमा कसरी वलियो बनाउने भन्नेमा जोड दिएको थिए । उनले भारतले विज्ञान क्षेत्रमा गरिरहेको तीव्र विकासवाट नेपाल कसरी फाइदा लिन सक्नेमा जोड दिएका थिए ।

 

भारतका लागी नेपाली पुर्वराजदुत र तथा प्राध्यापक लोकराज वरालले भारतले विगतको ७३ बर्षको स्वतन्त्र यात्रामा अपनाएको  समावेशी विकास र एकिकृतको भावना विश्वकै लागी उदाहरणीय भएको दावी गरे । नागरिक अगुवा  डा. सुन्दरमणी दिक्षीतले भारतमा हालै भएको काश्माीर सम्बन्धी परिर्वतन साकारात्मक भएको भन्दै नेपालले त्यसको वारेमा खुलेर पक्षमा बोल्नु पर्नेमा जोड दिए ।
 
कार्यक्रममा नेपालका लागी भारतीय राजदुत मन्जिवसिंह पुरीले दुई देशको सम्बन्ध विगत देखि नै वलियो रहेको भन्दै वर्तमान पनि राम्रो रहेको भविष्यलाई कसरी अझ राम्रो बनाउन सकिन्छ भन्न्ेमा भारतीय पक्ष गम्भिर रहेको बताए । ‘हामीले नेपाल र भारतको सम्बन्ध बराबरीको आधारमा दुवै पक्ष विन –विन हुने गरि अघि वढोस भन्ने चाहेका छौ’ पुरीले भने – ‘नेपालले आफनो हित अनुसार अगाडी आए भारतले त्यसलाई स्वागत गर्नेछ ।’  

No comments:

Post a Comment