Tuesday, August 13, 2019

समाजवादी सासंद डा सुर्यनारायण यादवद्धारा राजिनामा

समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सांसद बनेका डा सूर्यनारायण यादवले राजीनामा दिएका छन् । सोमवार उनले ससद सचिवालयलाई चिठी मार्फत संसद पदवाट राजिनामा दिएका हुन । सभामुखले यादवको राजिनामा पत्रपाए पछि समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जानकारी गराएका थिए । अध्यक्ष यादवले अहिले राजिनामा स्विकृत नगर्न आग्रह गरेका छन । मगलवार बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकमा अध्यक्ष यादवले पार्टीका पदाधिकारीहरुलाई समेत यस वारेमा जानकारी गराएका थिए । यद्यपी बैठकमा त्यसवारेमा कुनै छलफल भएन ।


पेशाले मेडिकल डाक्टर उनी पछिल्लो समय संसद बैठकमा समेत अनुपस्थित रहँदैआएका थिए । व्यक्तिगत कारणले नै राजीनामा दिए पनि पार्टी स्रोतका अनुसार उनी पार्टीका नेताहरुसँग रुष्ट बन्दै आएका थिए ।

सप्तरी–१ बाट चुनाव जितेका उनी पार्टीभित्रै पनि भूमिका नपाएको विषयमा नेताहरुसँग पनि मतभेद् राख्दैआएको पार्टी स्रोतको भनाइ छ । डा यादवले राजीनामा दिने शंकेत मिलेपछि नै केही दिनयता उनको स्थानमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे पार्टीका नेताहरुले छलफल चलाउन थालिसकेका छन् । केही नेताले पार्टी नेतृत्वसँग ‘लबी’ गर्न थालिसकेको पनि स्रोतले बताएको छ ।


No comments:

Post a Comment