Friday, August 2, 2019

नेपालको आन्तरिक मामिला भारतले हस्तक्षेप गर्दैन - भाजपा नेता

भारतीय सतारुढ दल भारतीय जनता पार्टी, भाजपाको विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपालको कुनै पनि आन्तरिम मामलामा भारतले हस्ताक्षेप नगर्ने बताएका छन । शुक्रवार काठमाडौमा नेपाल र भारत मैत्री समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बाधन गर्दैै चौथाइवालाले नेपाल एउटा स्वतन्त्र राष्ट भएको र भारत– नेपाल सम्बन्ध बाराबरीको आधारमा अगाडी वढने दावी गरे । केहि दिन अगाडी भारतीय खुपीया संस्था रअको प्रमख नेपालको र अव याहा के के नहुने आशंका रहेको प्रसंग कोटयाउदै उनले नेपालको कुनै पनि मामिला भारत हस्तक्षेप नगर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भारतमा नरेन्द्र मोदी सरकार आए देखि नै छिमेकी निती प्राथमितामा रहेको उल्लेख गर्दै अगमी दिनमा नेपाल भारत सम्बन्ध थप वलियो हुने विश्वास व्यक्त गरे ।


नेपाल भ्रमणमा रहेका चौथाइवालेले नेपालको राजनीतिबारे भारतको कुनै गोप्य डिजाइन नरहेको समेत बताए । नेपाल भारत मैत्री समाजले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले भने, ‘भारतले नेपालको राजनीतिलाई डोमिनेट गरेको छैन । कुनै गोप्य डिजाइन छैन । नेपालले स्वतन्त्र रुपमा आफ्नो राजनीतिक व्यवस्थालाई परिवर्तन गर्न या नगर्न सक्छ ।’

चौथाइवाले भारतलाई डोमिनेट गर्ने साथीका रुपमा नलिन आग्रह गरे । ‘डोमिनेट साथीका रुपमा भारतलाई नलिन आग्रह गर्दछु’, चौथाइवालेले भने  ‘नेपाललाई डोमिनेट गर्ने नीति भारतको छैन ।’ उनले नेपाललाई भारतले अपमान नभई सहयोगी साथीका रुपमा लिएको पनि बताए ।

नेपाल र भारतकाबीचमा जुनसुकै क्षेत्रमा सहयोग आदानप्रदान भने हुन सक्ने र हुँदै आएको पनि उनको भनाई थियो । ‘हामी हरेक क्षेत्रमा सहयोग आदनप्रदान गर्न भने सक्छौं । गर्दै आएका छौं किनभने हामी हामी फ्रेन्डसीपमा छौं’ उनले भने ।

विदेश विभाग प्रमुख चौथाइवालेले पटक–पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका थिए ।

मोदीले प्रधानमन्त्री भएपछि नेपालको तीन पटक भ्रमण गरिसकेको भन्दै उनले मोदीको नेपाल भ्रमणका क्रममा पनि नेपाल भारत सम्बन्धलाई भारतले दिएको उच्च प्राथमिकता झल्किएको उल्लेख गरे ।

कार्यक्रममा नेपालका लागी भारतीइ राजदुत मन्जिवसिंह पुरीले नेपाल र भारत सम्बन्ध वलियो बन्दै गएको दावी गरे । कार्यक्रममा आयोजना आयोगका पुवंउपाध्यक्ष गोविन्द पोखरेल सहित पुर्वमन्त्रीहरु तथा विभिन्न दलका नेताहरुले नेपाल भारत सम्बन्धको वारेमा चर्चा गरेका थिए   ।


No comments:

Post a Comment