Wednesday, August 21, 2019

भारतद्धारा तराई सडकका लागी १ अर्ब २९ करोड सहयोग

भारत सरकारले तराईको सडक स्तरोन्नति र निर्माणका लागि नेपाललाई करिब १ अर्ब २९ करोड अर्थात ८०।७१ करोड भारतीय रुपैयाँ प्रदान गरेको छ। नेपाल-भारतको संयुक्त आयोगको बैठकमा भाग लिन बुधवार नेपाल आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
सुरु  भयो नेपाल -भारत संयुक्त बैठक

Tuesday, August 20, 2019

राजपामा पहिला एकिकरण कि महाधिवेशन ?

पूर्वनिर्धारित महाधिवेशन सम्पन्न गर्ने कि समाजवादी पार्टीसँग एकीकरण भन्ने विषयमा राजपा भित्र विवाद देखिन थालिएका छन । महाधिवेशन गर्ने कि समाजवादी पार्टीसँग एकीकरण गर्ने भन्ने विषय विवाद बढ्दै गएपछि राजपाका अध्यक्षमण्डलमा रहेका ६ जना सदस्य स्पष्टरूपमा दुई कित्तामा विभाजित भएर उभिन पुगेका छन्। राजपाका एक नेताले महाधिवेशन कि एकीकरण भन्नेमा राजपाभित्र स्पष्टरूपमा अध्यक्षमण्डलभित्र विभाजन देखापरिसकेको बताए। ‘राजपाका ६ जना अध्यक्षमध्ये ४ जना महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्नेमा प्रष्ट रूपमा उभिन पुगेका छन् भने दुई जना महाधिवेशन रोकी समाजवादी पार्टीसँग एकीकरणमा जोड गर्दै आएका छन्,’ ती नेताले भने, ‘सोमबारका लागि आह्वान गरिएको बैठकमा त्यो विवाद प्रष्ट रूपमा नै देखियो।’ सोही कारण सोमबारका लागि बोलाइएको अध्यक्षमण्डलको बैठक नै बस्न नसकी स्थगित भएको थियो।

Monday, August 19, 2019

राजपा अध्यक्षमण्डलको बैठक सुरु

राजपा नेपालको अध्यक्ष मण्डल बैठक सोमवार देखि काठमाडौमा सुरु भएको छ । पार्टीको महाधिवेशन अनिश्चित देखिए पछि बैठक बस्न लागेको छ । यस अघि बैशाखमा घोषणा गरेरसमेत महाधिवेशन गर्न नसकेको राजपाले कार्तिकमा महाधिवेशन गर्ने अर्को मिती तय गरेको छ ।

Sunday, August 18, 2019

सासंद यादवद्धारा राजिनामा फिर्ता

सप्तरी १ का प्रत्यक्ष निर्वाचित सांसद सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन् । उनले आइतबार राजीनामा फिर्ता लिएका समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरबरियाले जानकारी दिए । सांसद यादवले स्वास्थ्य कारण देखाउँदै २७ साउनमा संसद सचिवालयमा राजीनामा बुझाएका थिए । तर समाजवादी पार्टीले सांसद यादवलाई राजीनामा फिर्ता लिन आग्रह गरेको थियो ।

Friday, August 16, 2019

‘नेपाल –भारत सम्बन्ध वलियो’

नेपाल र भारत विचको सम्बन्ध वलियो रहेको भन्दै विभिन्न पार्टीका नेताहरुले अगामी दिनलाई त्यसलाई थप व्यवस्थीत गर्दै जानु पर्नेमा जोड दिएका छन । भारतको ७३ औ स्वतन्त्रता दिवसको अवसरमा शुक्रवार काठमाडौमा नेपाल–भारत मैत्री समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै नेताहरुले भारतको विगतको ७३ बर्षवाट नेपालले धेरै सिक्नु पर्ने बताए । कार्यक्रममा राजपा नेपालका संयोजक राजकिशोर यादवले दुई देशको सम्बन्ध त्रेयता युग देखि नै वलियो रेहेकमेमा जोड वर्तमानमा आएर दुवै नयां ढंगले समिकक्षा गर्दै अगाडी वढनु पर्नेमा जोड दिए । ‘यो वैश्य युग हो’ यादवले भने – ‘नेपालले आफनो हितलाई केन्द्रमा राखेर वर्तमानमा भारतसंग  अगाडी वढनु पर्ने हुन्छ ।’ उनले भारतको विशाल जनसख्या र वलिषे लोकतन्त्रलाई नेपालले आफनो ठाउमा फाइदा उठाउन सक्नु पर्ने बताए । कार्यक्रममा समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका समेत प्ररणदायी रहेको भन्दै यी दुई देशको सम्बन्ध कसैले चाहदैमा समस्यामा नपर्ने बताए । राप्रपा एकिकृतको अध्यक्ष पशुपतिशम्शेर राणाले भारतमा भइरहेको तीव्र परिवर्तन र विकासवाट नेपालले सक्दो फाइदा लिनु पर्नेमा जोड दिए ।

Thursday, August 15, 2019

काठमाडौमा मनाइयो भारतको ७३ औ स्वतन्त्रता दिवस

काठमाडौं स्थित भारतीय राजदूतावासले विहिवार भारतको ७३ औं स्वतन्त्रता दिवस मनाएको छ । दिवसको शुभारम्भ नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डोत्तोलन गरेर भएको थियो । राजदूत पुरीले भारतका राष्ट्रपतिकोे सन्देश पढेर सुनाउदै  गएको ७२ वर्षमा भारतले विविध क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धिहरू बारे जानकारी दिएका थिए । राजदूतद्वारा तीन वीर नारी, पाँच एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई ५ करोड ३१ लाख नगद तथा कम्मल वितरण गरी सम्मान समेत गरियो ।

Wednesday, August 14, 2019

जिल्लामै अडक्यो राजपाको सदस्यता विवरण

राष्ट्रिय जनता पार्टी, राजपा नेपालका जिल्ला कार्यसमितिले अध्यक्षमण्डलले दिएको निर्देशन दुई महिना बितिसक्दा पनि कार्यान्वयन गरेका छैनन् । जेठको दोस्रो साता बसेको अध्यक्षमण्डलको बैठकले सदस्यता वितरण र नवीकरण कार्य १५ जेठमा सम्पन्न गर्ने तथा जेठ मसान्तसम्म अद्यावधिक गरी केन्द्रमा पठाइसक्न निर्देशन दिएको थियो । तर  साउन मसान्त सम्म कुनै पनि जिल्ला कार्यसमितिले केन्द्रीय कार्यालयमा सदस्यताको ठेली पठाएका छैनन् ।

Tuesday, August 13, 2019

समाजवादी सासंद डा सुर्यनारायण यादवद्धारा राजिनामा

समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सांसद बनेका डा सूर्यनारायण यादवले राजीनामा दिएका छन् । सोमवार उनले ससद सचिवालयलाई चिठी मार्फत संसद पदवाट राजिनामा दिएका हुन । सभामुखले यादवको राजिनामा पत्रपाए पछि समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जानकारी गराएका थिए । अध्यक्ष यादवले अहिले राजिनामा स्विकृत नगर्न आग्रह गरेका छन । मगलवार बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकमा अध्यक्ष यादवले पार्टीका पदाधिकारीहरुलाई समेत यस वारेमा जानकारी गराएका थिए । यद्यपी बैठकमा त्यसवारेमा कुनै छलफल भएन ।

Monday, August 12, 2019

प्रदेश नम्बर दुईको नामाकरण प्रक्रिया सुरु

प्रदेश सरकार बनेको लगभग डेढ् बर्ष बित्न लाग्दा प्रदेश २ को नामांकरण र स्थायी राजधानीको नाम तोक्ने औपचारिक प्रक्रिया सुरु गरेका छन ।  प्रदेश दुईको संसदमा आईतबारदेखि यसको औपचारिक प्रकृया शुरु भएको छ । प्रदेशसभा सचिवालयले आईतबारदेखि प्रदेशको नाम र स्थायी राजधानीबारे प्रस्ताव दर्ता गराउने समय निर्धारण गरेको छ । योसँगै प्रदेशका सांसदहरुले आगामी भदौ ५ गते साँझ ५ बजेसम्म प्रस्ताव दर्ता गराउन पाउनेछन् । प्रदेशसभा कार्य सञ्चालन नियमावलीको पहिलो संशोधन गर्दै प्रदेश २ को नामांकरण र राजधानी तोक्ने बाटो खुल्ला गरेको हो ।

Wednesday, August 7, 2019

राजपा र समाजवादी पार्टीमा अनिश्चित महाधिवेशन

राष्टिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीले पटक–पटक महाधिवेशन गर्ने घोषणा गरे पनि त्यो अनिश्चीत जस्तो देखिएको छ । राजपाले यस अघि गएको बैशाख ७,८ र ९ गते पार्टीको एकता महाधिवेशन गर्ने घोषणा गरेको थियो । तर तयारी नपुगेको भन्दै कार्तिकमा गर्ने गरि सारेको छ । कार्तिकमा महाधिवेशन गर्नका लागी महन्थ ठाकुरको संयोजकत्वमा मुल तयारी समिति समेत गठन गरे पनि राजपाको उक्त समितिको अहिले सम्म एउटा बैठक  समेत हुन सकेको छैन । तीन बर्ष अगाडी तात्कालिन मधेशी मोर्चामा आबद्ध ६ ओटा दलहरु एकिकरण गरेर राजपा नेपाल गठन गरेका थिए । एकिकरणको बेला एक बर्ष भित्र पार्टीको एकता महाधिवेशन गर्ने घोषणा गरिएको थियो । तर एकिकरणको तीन बर्ष विते पनि राजपाको महाधिवेशन अनिश्चत जस्तै छ । कार्तिकमा गर्ने गरि नयां मिती घोषणा भए पनि राजपा भित्र त्यसको तयारी कुनै देखिएको छैन । अध्यक्ष मण्डलका वर्तमान संयोजक राजकिशोर यादव अव चाडै नै तयारी मुल समितिको बैठक बस्ने दावी गरे । ‘पछिल्लो केहि समय यता हामी पार्टीको आन्तरिक कुराहरु वारेमा लागातार छलफल थालेका छौ’ यादवले भने – ‘अव चाडै नै हामी यसको तयारी सुरु गर्दै छौ ।’

Tuesday, August 6, 2019

मधेशी आयोगको गोष्ठीमै साढे तीन करोड खर्च

मधेसी आयोगका अध्यक्ष विजय दत्तले ४ महिनामै गोष्ठी र अनुशिक्षणको नाउँमा साढे ३ करोड बढी रकम खर्च गरेका छन् । चैत ७ गते अध्यक्षको कार्यभार बहाल गरेका दत्तले ४ महिनामै गोष्ठि अनुशिक्षण कार्यक्रममा ३ करोड ५६ लाख ८१ हजार १ सय ६८ रुपैया खर्च भएको जानकारी सोमवार पत्रकार सम्मेलन गरेका जानकारी दिएका छन ।

Monday, August 5, 2019

सरकारले कुप्रचार गरे - राजपा नेता राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्ना विरुद्ध भ्रम छर्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।  प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारका प्रवक्ताले आफ्नो नाममा भ्रम फैलाउने काम गरेको आरोप लगाए । सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर जानकारी गराएको र सोही अनुसार सञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गर्ने काम गरेको भन्दै उनले राज्यले कसैको चरित्र हत्या गर्ने काम गर्न नमिल्ने तर्क गरे ।

Friday, August 2, 2019

नेपालको आन्तरिक मामिला भारतले हस्तक्षेप गर्दैन - भाजपा नेता

भारतीय सतारुढ दल भारतीय जनता पार्टी, भाजपाको विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपालको कुनै पनि आन्तरिम मामलामा भारतले हस्ताक्षेप नगर्ने बताएका छन । शुक्रवार काठमाडौमा नेपाल र भारत मैत्री समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बाधन गर्दैै चौथाइवालाले नेपाल एउटा स्वतन्त्र राष्ट भएको र भारत– नेपाल सम्बन्ध बाराबरीको आधारमा अगाडी वढने दावी गरे । केहि दिन अगाडी भारतीय खुपीया संस्था रअको प्रमख नेपालको र अव याहा के के नहुने आशंका रहेको प्रसंग कोटयाउदै उनले नेपालको कुनै पनि मामिला भारत हस्तक्षेप नगर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भारतमा नरेन्द्र मोदी सरकार आए देखि नै छिमेकी निती प्राथमितामा रहेको उल्लेख गर्दै अगमी दिनमा नेपाल भारत सम्बन्ध थप वलियो हुने विश्वास व्यक्त गरे ।