Sunday, July 7, 2019

प्रदेश दुईको वजेट पारितमा ढिलाई

प्रदेश २ को बजेट प्रस्तुत भएको तीन हप्ता भन्दा वढी विते पनि पारित गराउन सरकारले कुनै छाँटकाँट देखाएको छैन् । गत असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गरेको थियो । प्रदेश सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट संसदमा प्रस्तुत गरेको थियो । चालूतर्फ रु १९ अर्ब ११ करोड ९७ लाख ३८ हाजर र पुँजीगततर्फ रु १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार बजेट ल्याएको सरकारले यसलाई पारित गराउन कुनै चासो लिएको छैन् । असारभित्र बजेट पारित गराइसक्नुपर्नेछ ।


बजेट प्रस्तुत भएको चार दिनपछि प्रदेशसभा सचिवालयमा बजेटबारे सैद्वान्तिक छलफल भएको छ । सैद्वान्तिक छलफल सकिएपछि हालसम्म प्रदेशसभा सचिावलयको बैठक नै बस्न सकेको छैन् । प्रदेशसभा सचिवालयका सचिव रंजीत यादवले विनियोजन विधेयक आइनसकेकाले सचिवालयको बैठक बस्न नसकिएको बताए । उनले विनियोजन विधेयक आउनेवित्तिकै सभामुखज्यूले बैठक बोलाउन सक्ने बताए ।

यद्यपी आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव विनियोजन विधेयक प्रदेशसभा सचिवालयमा पठाइसकिएको जानकारी दिए । ‘विनियोजन विधेयक पठाइसकेका छौं’ अब सभामुखज्यूले कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रदेशसभाको बैठक बोलाउन सक्नुहुन्छ ।”

मन्त्री यादवले यो विधेयक बनाउन केहि समय ढिलो भएपनि प्रदेशसभा सचिवालयमा पठाइसकिएको बताए । ‘यो विधेयक त्यहाँ पुगिसकेकाले अब बैठक बसेर बजेट पारित गर्ने प्रकृया अगाडि बढ्ने बताए । गत बर्षसम्म बजेट सर्वसम्मतिले पारित भएपनि यस पटक बहुमतले पारित हुने अवस्था देखिएको छ । प्रमुख प्रतिपक्षी नेकपा र प्रतिपक्षी नेपाली कांग्रेस बजेटप्रति असन्तुष्ट देखिएका छन् । खासगरी समानुपातिक सांसदहरुले बजेटको सैद्वान्तिक छलफलका क्रममा पनि बजेटको बिरोध गरेका थिए ।

प्रदेश सरकारले यस पटक निर्वाचित सांसदले रु ३ करोड र समानुपातिक सांसदले रु १ करोडका दरले पाउने गरी बजेट ल्याएको छ । यसमध्ये निर्वाचित सांसदले रु १ करोड आफ्नै इच्छाले र बाँकी २ करोड संसदीय विकास कार्यक्रम अन्तर्गत पाउने भएका छन् । यस्तै समानुपातिक सांसदले रु १ करोडका दरले बजेट पाउने भएका छन् । यो बजेट समानुपातिक सांसदहरुले आफ्नै इच्छा अनुसार खर्च गर्न पाउनेछन् । प्रदेश २ मा ६४ जना समानुपातिक र ४१ जना समानुपातिक गरी १०७ जना सांसद छन् ।

No comments:

Post a Comment