
पत्रकार सम्मेलनमा उनीहरुले प्रदेश नेतृत्वले पदीय शक्तिको दुरुपयोग गरी नातागोता, आसेपासे र पार्टी काममा निस्क्रियलाई जिल्ला कमिटी सदस्य चयन गरेको उनीहरुको आरोप छ । साथै प्रदेश समितिले जबर्जस्ती निर्णय कार्यान्वयन गर्न खोजेमा त्यसको प्रतिवाद र प्रतिरोध गर्ने पनि उनीहरुले चेतावनी दिएका छन् ।
एकीकरण भएपछि बनेको नेकपा प्रदेश २ कार्यालयले सिरहा जिल्ला समितिका लागि एमालेबाट ८२ र माओवादी केन्द्रबाट ८१ गरी १६३ सदस्यको नामावली गत असार ११ गते सार्वजनिक गरेको थियो । सिरहामा अध्यक्ष माओवादी र सचिव एमालेलाई परेको छ ।
जिल्ला सदस्यहरुको नामावलीप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य महेन्द्र पासवान, केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य जगत प्रसाद यादव, पार्टीको प्रदेश समति सदस्य फुलगेन नायक, मिरचैया नगरपालिकाका प्रमुख श्रवण यादव, कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवान, महेश यादव, मुक्ति सिंह, औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादव लगायत ५३ जनाले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
‘मूलतः जनयुद्धकालीन कमरेडहरु, पुरानो तथा वरिष्ठ, सक्रिय, इमान्दार र अन्य पार्टीबाट एकता प्रक्रियामा आएका र पार्टीको आन्तरिक गतिविधिमा समेत क्रियाशिल नरहेका आफ्ना नातागोता र आसेपासेलाई जिल्ला सदस्यको छनोट गर्ने कार्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा गम्भीर असर पर्ने र पार्टी नै विघटन हुने स्थिति उत्पन्न हुने भएकाले उक्त निर्णयको घोर भत्र्सना गर्छौँ ।’
No comments:
Post a Comment