Monday, July 29, 2019

समाजवादी पार्टीमा अल्पमत मधेशी

मधेश आन्दोलनको आडमा राष्टिय राजनितीमा उदय भएका उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमा मधेशी समुदायका नेताहरु अल्पमतमा परेका छन । गएको बैशाखमा पुर्वप्रधानमन्त्री डा बाबुराम भटराईसंग एकिकरण गरे समाजवादी पार्टी बनेको पुर्व फोरमका नेताहरु पार्टीमा अल्पमतमा पर्न थालेका छन ।  गएको शनिवार समाजवादी पार्टीको  पदाधिकारी बैठकले गठन गरेको संगठनको विभिन्न विभागहरुमा मधेशीहरु अल्पमतमा परेको देखिएको छ । पार्टीले गठन गरेको २३ वटा विभाग मध्ये ३ वटामा मधेशी, एउटामा थारु र एउटामा मुस्लिम रहेका छन् । अन्य १८ ओटा पहाडी समुदायवाट जिम्मेवारी पाएका छन ।


पार्टीका उपमहासचिव प्रकाश अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार अनुशासन समिति प्रमुखमा महेन्द्र श्रेष्ठ, लेखा समिति प्रमुखमा अमरेशनारायण झा, निर्वाचन समिति प्रमुखमा डा।शिवजी यादव, पार्टी स्कुल तथा प्रशिक्षण विभाग ईञ्चार्जमा हेमराज राई, सहईञ्चार्जमा डमरु बल्लभ खतिवाडा रहेका छन् । त्यसैगरि राज्यव्यस्था समिति प्रमुखमा डा।उमाशंकर प्रसाद साह, संघिय मामिला तथा समावेशी विभाग प्रमुखमा डा।गणेश योञ्जन, स्थानीय तह परिचालन विभाग प्रमुखमा हरिनारायण थारु, प्राकृतिक स्रोत व्यवस्थापन विभाग प्रमुखमा दूर्गामणी देवान, कृषि तथा भूमि व्यवस्था विभाग प्रमुखमा मदन राई, शिक्षा तथा विज्ञान विभाग प्रमुखमा डा।राजेन्द्र केसी, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा डा।महेशमान श्रेष्ठ, श्रम तथा रोजगार विभाग प्रमुखमा प्रेमनारायण थापा, सुरक्षा विभाग प्रमुखमा नारायण राज पाण्डे, मानव अधिकार तथा समाजिक सेवा विभाग प्रमुखमा सुशिला श्रेष्ठ, किसान ईञ्चार्जमा टिकाराम पौडेल, युवा ईञ्चार्जमा देवी प्रसाद सुवेदी, महिला ईञ्चार्जमा दुर्गा सोव, बौद्धिक पेशाकर्मी ईञ्चार्जमा नहेन्द्र प्रधान, सहइञ्चार्जमा पूर्णबहादुर बस्नेत रहेका छन् ।

शिल्पी महासंघ ईञ्चार्जमा डीबी नेपाली, खेलकुद महासंघ इञ्चार्जमा विरेन्द्र प्रधान, सुकुम्बासी इञ्चार्जमा दिपक मियांगवो , यौनिक तथा अल्पसंख्यक इञ्चार्जमा पिंकी गुरुंग र मुस्लिम संघ इञ्चार्जमा ईस्लाम हवाडी रहेको उपमहासचिव अधिकारीले जनाए । बैठकले केन्द्रिय समितिको सचिवमा जाजरकोटका भक्तबहादुर शाहलाई मनोनित गरेकोछ । अधिकारीका अनुसार प्रादेशिक समायोजन ५ वटा प्रदेशमा सम्पन्न भइसकेको र बाँकी रहेका प्रदेश १ र ३ मा पनि साउन २२ गते भित्र नै हुनेछ ।


No comments:

Post a Comment