Thursday, July 25, 2019

सुस्त समाजवादी


नेकपा र काग्रेसको विकल्पमा राजनितीक शक्ति बनाउने उदघोषका साथ तीन महिना अघि एकिकरण गरेर बनाइएको समाजवादी पार्टीले घोषणा गरेका अनुसार कामहरु हुन सकेको छैन । गएको २३ बैशाखमा तात्कालिन उपेन्द्र यादव नेतृत्वको संघिय फोरम र पुर्वप्रधानमन्त्रीको नयां शक्ति विच एकिकरण गर्दै भटराई र यादवले  समाजवादी पार्टी बनाएका थिए । एकिकरण पछि केन्द्रिय कार्यलय व्यवस्थापनको काम भए पनि अन्य पार्टीको कामहरु हुन सकेको छैन । वर्तमान सरकारमै उपप्रधानमन्त्री रहेका यादव र पुर्वप्रधानमन्त्री रहेका भटराई दुवै एकिरणसभामा अरु पार्टी जस्तो आफुहरुको नयां पार्टी नरहने र मुलुकलाई सबै कुरामा नयां दिशा दिने उल्लेख गरेका थिए ।


तर पार्टी एकिरणको तीन महिना बित्नै लाग्दै अहिले सम्म एक पटक पनि संयूक्त केन्द्रिय समिति बैठक बस्न सकेको छैन । पार्टीले एकिकरणको बेला घोषणा गरेको २५ सदस्यीय पदाधिकारी समिति समेत पुर्ण रुपमा बनेको छैन । एकिकरणसभामा २३ जना पदाधिकारीको नाम घोषणा गरिए पनि दुई जनाको नाम चाडै घोषणा गर्ने भनिएको थियो । यद्यपी त्यो अहिले सम्म बन्न सकेको छैन । केन्द्र देखि प्रदेश सम्मा दुई तहको समितिहरु बनाउने र एउटा ले राजनितीक कामहरु र अर्कोले प्रशासनिक काम गर्न घोषणा नयां समाजादी पाटीले गरेको थियो । तर अहिले सम्म केन्द्रमा केन्द्रय समिति बाहेक अरु नयां संघिय समिति बनाउने कुनै सुरसार समेत छैन । प्रदेशहरुमा समेत पार्टी समायोजनको काम पुर्ण रुपमा हुन सकेको छैन । उपमहासचिव तथा केन्द्रिय कार्यलयका प्रमुख प्रकाश अधिकारीले समायोजनको सबै काम साउन मसान्त भित्र सकिने गरि तयारी भइरहेको बताए । ‘४ ओटा प्रदेशमा हामीले घोषणा नै गरिसकेका छौ’ अधिकारीले भने – ‘बाकी तीन ओटाको पनि अन्तिम तयारी चलीरहेको छ ।’

वर्तमान नेकपाको सरकारमा बस्ने कि नबस्ने भनेर सबै भन्दा किचलो देखिए पनि पछिल्लो समयमा यसवारेमा नयां पार्टीका दुवै जना अध्यक्ष मौन देखिएका छन । एकिकरणको वेला चाडै नै पार्टीको बैठक गरेर यसवारेमा निर्णय लिइने बताइएको थियो । भटराई सरकारमा नबस्ने लाईनमा देखिएका थिए भने सरकारको आलोचना गरे पनि यादव सरकारवाट तत्कालै बाहिरिनु हुन्न भन्नेमा थियो । यद्यपी आउदो ११ गते समाजादी पार्टीेको बस्न लागेको पदाधिकारी बैठकम यस वारेमा छलफल हुने बताइएको छ । उपमहासचिव अधिकारीले आउदो ११ गते पदाधिकारी बैठक बस्ने पुष्टि गरे पनि त्यसको एजेन्डाहरुको वारेमा खासै बताउन चाहेन । ‘समसमायीक र पार्टीको कामहरुको वारेमा छलफल हुन सक्छ’ अधिकारीले  भने ।

एकिरणको वेला पदधिकारीमा ६४ र ३६ प्रतिशतको भागबन्डा गरेको भटराई र यादवले केन्द्रिय समितिमा त्यही सेरोफोरामा भागबन्डा गरेका थिए । २५ सदस्यीय पदाधिकारी बनाउने र त्यसमा १६ जना फोरमवाट र ९ जना नयां शक्तिवाट राखिएको थियो भने केन्द्रिय समितिमा फोरमवाट २ सय ८०  र नयां शक्तिवाट १ सय ५० गरि ४ सय ३० सदस्यीय बनाइएको थियो ।

उपमहासचिव एकिकरण पछि प्रदेशशहरुमा भइरहेको समायोजनमा कहि पनि भागबन्डाको आधारमा समायोजन नगरिएको दावी गरे । ‘हामीले ठाउ अनुसार नेताहरुको अवस्था हेर्दै पार्टी समायोजनको काम गर्दै छौ’ उनले भने । यद्यपी पुर्वप्रधानमन्त्री भटराई नेतृत्वको तात्कालिन नयां शक्तिको ठुलो तप्का एकिकरण प्रति असन्तुष्टि जनाउदै समाजवादी पार्टीमा सामेल नहुने घोषणा गर्न थालेका छन ।

घोषणा अनुसार गर्न नसकिएका कामहरु 

- २५ सदस्यीय पलाधिकारीमा दुई जना थप्ने काम
- संघिय र केन्द्रिय समिति बनाउने काम
- प्रदेशमा पनि दुई तहको समिति बनाउने काम
- स्थानिय तह देखि नै पार्टीको समायोजन काम
- जिल्ला तहको समायोजन काम
- संयूक्त केन्द्रिय समिति बैठक
- सरकारवाट बाहिरिने र बस्ने भन्ने टुगो लगाउने काम



No comments:

Post a Comment