दुई महिनाको चक्रीय प्रणाली अनुसार राजपा नेपालको संयोजक सोमवार देखि राजकिशोर यादव हुने भएको छ । जनकपुरमा राजपा नेपालको वर्तमान सयोजक अनिल झाको अध्यक्षतामा बसेको अध्यक्ष मण्डलको बैठकले यादवलाई सोमवाद देखि संयोजकको जिम्मा दिने निर्णय गरेको छ । गएको मंसीर देखि चक्रीय प्रणाली लागु भए पछि राजपा नेपालको संयोजकको जिम्मेवारी राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र यादव र अनिल झाले सम्हालीसकेका छन । मंसीर अघि राजपाको संयोजक महन्थ ठाकुरले सम्हालै आएका थिए ।
यादवले असोज ६ सम्म संयोजकको जिम्मेवारी सम्हाले छन । त्यस पछि पुन ठाकुर राजपाको संयोजक बन्ने छ । आउदो कार्तिकमा महाधिवेशन गर्ने घोषणा गरेको राजपाले त्यस पछि एकल नेतृत्वको प्रणलीमा जाने निर्णय गरिसकेको छ । महाधिवेशनको लागी राजपाले विधान तयार पारे पनि अन्य कामहरु समयमा सुरु गर्न सकेका छैन ।

यस अघि पनि गएको बैशाखमा महाधिवेशन गर्ने घोषणा गरेको राजपाले तयारी नपुगेको भन्दै कार्तिकका लागी सार्ने निर्णय गरेको थियो । तीन बर्ष अगाडी तात्कालिन मधेशी मोर्चामा आबद्ध ६ ओटा दलहरुले एकिकरण गरेर राजपा नेपाल गठन गरेको थियो । त्यस पछि अध्यक्ष मण्डलीय प्रणलीमा चलेको नवगठित राजपा भित्रै पनि यसको तीव्र आलोचना भइरहेको छ ।
No comments:
Post a Comment