Wednesday, July 10, 2019

मधेशी आयोगद्धारा काठमाडौमा अन्तक्रिया

गएको चैतमा सरकारले गठन गरेको मधेशी आयोगले मधेशमा रहेको समस्याहरु वारेमा सरकारलाई प्रतिवेदन दिने अन्तिम तयारी गरेको छ  । प्रदेश नम्बर १, २, ५ र ७ को विभिन्न ठाउमा अन्तरक्रिया गरीसकेको आयोगले वुधवार काठमाडौमा रहेको मधेश सम्बद्ध अगुवाहरु संग अन्तक्रिया गरेका छन । आयोगले वुधवार काठमाडौमा आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई उदघाटन गर्दै सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले आयोगले प्रदेशहरु सहित काठमाडौमा गर्न लागेका कार्यक्रमले आउने रिर्पोट सरकारको लागी उपयोगी हुने बताए । पोखरेलले सरकार मधेशमा उठेको पछिल्लो सवालहरुलाई साकारात्मक रुपमा सम्बा्धन गर्न तयार रहेको भन्दै आयोगले तयार पार्न लागेको प्रतिवेदन प्रति आशावादी भएको बताए । उनले समस्या भएरै मधेशमा विभिन्न खाले आवाजह अगाढडी आएको भन्दै विगतको गल्ती सच्याउदै अघि वढनुको विकल्प समेत नरहेको जिकिर गरे । विगतमा केहि कमकमजोरी भएरै समस्या आएको दावी गर्दै पोखरेलले आयोगले समस्या र सामाधान दुवैको उपाय सुझाउने आशा व्यक्त गरे ।


आयोगको अध्यक्ष विजय दत्तले आफुहरुले प्रदेशहरुका गरेको अन्तक्रियाको आधारमा समस्याहरुको वर्गीकरण गरेको र त्यसमा थप छलफलका लागी काठमाडौमा कार्यक्रम आयोजना गरेको जनाए । दत्तले कार्यक्रममा प्रस्तुत गरेको आफनो रिर्पोटमा तराई मधेशमा रहेको समाजिक क्षेत्र, सास्कृतिक, आर्थिक, पर्यावरणीय, प्रशासनिक, राजनितीक र अन्य विविध क्षेत्रको शिर्षकहरुमा समस्याहरु किटान गरेका छन । उनले यी क्षेत्रहरुमा देखिएको समस्याहरुलाई मधेशमा कसरी सुल्झाउने भन्नेमा प्रतिवेदन वनाएर कार्यन्वयन गर्नका लागी सरकारलाई चाडै नै सिफारिश गर्न लागेको जनाए ।

०७२ मा आएको नयां संविधानमा व्यवस्था भए अनुसार वर्तमान सरकारले आफनो पार्टी निकटका जनकपुरवासी दत्तलाई गएको चैतमा आयोगको अध्यक्षको जिम्मा दिएका हुन । दत्त पेशाले प्राध्यापक हुन । ललतीपुरमा कार्यलय बनाएको मधेशी आयोगले आवश्यकताका आधारमा प्रदेशहरुमा समेत कार्यलय खौलने तयारी भइरहेको बताए ।

वुधवारको कार्यक्रममा लोकसेवा आयोगका प्रमुख उमेश प्रसाद मैनाली  र थारु आयोगको प्रमुख विष्णु चौधरीले समेत मधेशी आयोगको पछिल्लो कामको प्रसंशा गरेका थिए । विज्ञापन समावेशी ननिकालेको अखारोपमा  पछिल्लो समयमा तराई मधेशमा आलोचित बनेका लोकसेवा आयोगका प्रमख मैनालीले प्रश्नहरु उठनु स्वभाविक भएको बताए । नयां संविधान व्यस्था गरे पनि एन नबनेका कारण आफुहरु पुरानै ऐन अनुसार विज्ञापन निकाल्न बाध्य भएको बताउदै मैनालीले लोकतन्त्रमा सबैले आ आफनो हिस्सा खोज्नु जायज भएको बताए । सरकार र संसदले लोकसेवा सम्बन्त्रधी नयां ऐन बनाउने प्रक्रियामा रहेको बताउदै मैनालै नयां ऐन बने पछि मधेशमा उठेको आवाजको सम्बोधन हुने बताए ।

थारु आयोगका प्रमुख चौधरीले मधेशी, थारु लगायतका सिमान्तकृत समुदायलाई मुलधार ल्याउनु पर्नेमा जोड दिए । चौधरीले त्यसका लागी मधेशी आयोग प्रदेशहरु सहित काठमाडौमा सरोकारवालाहरु संग कार्यक्रम गरेर बनाउन लागेको प्रतिवेदन साकारात्मक रहेको बताए । कार्यक्रममा काठमाडौमा रहेका विभिन्न क्षेत्रमा विज्ञहरुले आयोगलाई उनले किटान गरेर वर्गीकरण गरेको समस्याहरुको वारेमा सल्लाह र सुझाव दिएका थिए ।

No comments:

Post a Comment