Monday, July 29, 2019

समाजवादी पार्टीमा अल्पमत मधेशी

मधेश आन्दोलनको आडमा राष्टिय राजनितीमा उदय भएका उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमा मधेशी समुदायका नेताहरु अल्पमतमा परेका छन । गएको बैशाखमा पुर्वप्रधानमन्त्री डा बाबुराम भटराईसंग एकिकरण गरे समाजवादी पार्टी बनेको पुर्व फोरमका नेताहरु पार्टीमा अल्पमतमा पर्न थालेका छन ।  गएको शनिवार समाजवादी पार्टीको  पदाधिकारी बैठकले गठन गरेको संगठनको विभिन्न विभागहरुमा मधेशीहरु अल्पमतमा परेको देखिएको छ । पार्टीले गठन गरेको २३ वटा विभाग मध्ये ३ वटामा मधेशी, एउटामा थारु र एउटामा मुस्लिम रहेका छन् । अन्य १८ ओटा पहाडी समुदायवाट जिम्मेवारी पाएका छन ।

Thursday, July 25, 2019

सुस्त समाजवादी


नेकपा र काग्रेसको विकल्पमा राजनितीक शक्ति बनाउने उदघोषका साथ तीन महिना अघि एकिकरण गरेर बनाइएको समाजवादी पार्टीले घोषणा गरेका अनुसार कामहरु हुन सकेको छैन । गएको २३ बैशाखमा तात्कालिन उपेन्द्र यादव नेतृत्वको संघिय फोरम र पुर्वप्रधानमन्त्रीको नयां शक्ति विच एकिकरण गर्दै भटराई र यादवले  समाजवादी पार्टी बनाएका थिए । एकिकरण पछि केन्द्रिय कार्यलय व्यवस्थापनको काम भए पनि अन्य पार्टीको कामहरु हुन सकेको छैन । वर्तमान सरकारमै उपप्रधानमन्त्री रहेका यादव र पुर्वप्रधानमन्त्री रहेका भटराई दुवै एकिरणसभामा अरु पार्टी जस्तो आफुहरुको नयां पार्टी नरहने र मुलुकलाई सबै कुरामा नयां दिशा दिने उल्लेख गरेका थिए ।

Sunday, July 21, 2019

राजपाको संयोजकमा यादव

दुई महिनाको चक्रीय प्रणाली अनुसार राजपा नेपालको संयोजक सोमवार देखि राजकिशोर यादव हुने भएको छ । जनकपुरमा राजपा नेपालको वर्तमान सयोजक अनिल झाको अध्यक्षतामा बसेको अध्यक्ष मण्डलको बैठकले यादवलाई सोमवाद देखि संयोजकको जिम्मा दिने निर्णय गरेको छ । गएको मंसीर देखि चक्रीय प्रणाली लागु भए पछि राजपा नेपालको संयोजकको जिम्मेवारी राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र यादव र अनिल झाले सम्हालीसकेका छन । मंसीर अघि राजपाको संयोजक महन्थ ठाकुरले सम्हालै आएका थिए ।

यादवले असोज ६ सम्म संयोजकको जिम्मेवारी सम्हाले छन । त्यस पछि पुन ठाकुर राजपाको संयोजक बन्ने छ । आउदो कार्तिकमा महाधिवेशन गर्ने घोषणा गरेको राजपाले त्यस पछि एकल नेतृत्वको प्रणलीमा जाने निर्णय गरिसकेको छ । महाधिवेशनको लागी राजपाले विधान तयार पारे पनि अन्य कामहरु समयमा सुरु गर्न सकेका छैन ।

Monday, July 15, 2019

बाढीले प्रदेश दुईमा व्यापक क्षती

लगातारको बर्षापछि आएको बाढीका कारण प्रदेशका आठ जिल्लामा १५ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ६ जना बालबालिका छन् । सबैभन्दा बढी रौतहटमा ५ जनाको मृत्यु भएको छ । धनुषा, महोत्तरी, बारा र पर्सामा २÷२ जनाको तथा सिरहामा १ जनाको मृत्यु भएको छ । उनीहरुको बाढी र डुबान तथा सर्पदंशका कारण ज्यान गएको प्रहरीको भनाई छ । धनुषाको चारनाथ नगरपालिकास्थित चारनाथ नदीमा डुबेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् । ५५ बर्षको जस्तो देखिने उनको सनाखत हुन सकेको छैन् । जनकनन्दनी गाउँपालिकामा डुबेर मृत्यु भएको अवस्थामा एक बृद्वको शव फेला परेको छ । अन्दाजी ६७ बर्षीय उनको पनि पहिचान खुल्न सकेको छैन् ।

Thursday, July 11, 2019

राजपा नेपाल र काग्रेस विचमा गठबन्धनको प्रयास

नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी, राजपा बीच गठबन्धन बनाउने प्रयास सुरु भएको छ । साझा मुद्दामा सदनदेखि सडकसम्म एउटै मोर्चा बनाएर संंघर्ष गर्ने भन्दै दुई दलबीच सहमति भएको छ ।असार २० गते काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको दुई दलबीचको छलफलले साझा मुद्दा बनाएर सदन र सडकको संघर्ष अगाडि बढाउने सहमति भएको बताइएको छ । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक अनिल झाले साझा मुद्दा र एजेण्डामा मिलेर संघर्ष गर्ने विषयमा काँग्रेससँग छलफल भएको स्वीकार गरे ।

Wednesday, July 10, 2019

मधेशी आयोगद्धारा काठमाडौमा अन्तक्रिया

गएको चैतमा सरकारले गठन गरेको मधेशी आयोगले मधेशमा रहेको समस्याहरु वारेमा सरकारलाई प्रतिवेदन दिने अन्तिम तयारी गरेको छ  । प्रदेश नम्बर १, २, ५ र ७ को विभिन्न ठाउमा अन्तरक्रिया गरीसकेको आयोगले वुधवार काठमाडौमा रहेको मधेश सम्बद्ध अगुवाहरु संग अन्तक्रिया गरेका छन । आयोगले वुधवार काठमाडौमा आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई उदघाटन गर्दै सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले आयोगले प्रदेशहरु सहित काठमाडौमा गर्न लागेका कार्यक्रमले आउने रिर्पोट सरकारको लागी उपयोगी हुने बताए । पोखरेलले सरकार मधेशमा उठेको पछिल्लो सवालहरुलाई साकारात्मक रुपमा सम्बा्धन गर्न तयार रहेको भन्दै आयोगले तयार पार्न लागेको प्रतिवेदन प्रति आशावादी भएको बताए । उनले समस्या भएरै मधेशमा विभिन्न खाले आवाजह अगाढडी आएको भन्दै विगतको गल्ती सच्याउदै अघि वढनुको विकल्प समेत नरहेको जिकिर गरे । विगतमा केहि कमकमजोरी भएरै समस्या आएको दावी गर्दै पोखरेलले आयोगले समस्या र सामाधान दुवैको उपाय सुझाउने आशा व्यक्त गरे ।

Tuesday, July 9, 2019

आफ्नै स्वामित्वको बैंक स्थापना गर्दै प्रदेश २

प्रदेश २ सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ।  प्रदेशको समग्र विकासको लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेकोले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले जानकारी दिएका छन्।

Monday, July 8, 2019

प्रदेश दुई सरकारले १४ हजार साइकल बाडदै

प्रदेश २ सरकारले १४ हजार साइकल खरिद गर्ने भएको छ । प्रदेश अन्तर्गत कक्षा ८ मा अध्ययन गरिरहेका बालिकाहरुलाई प्रदान गर्नका लागि प्रदेश सरकारले १४ हजार साइकल खरिद गर्ने भएको हो । ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत प्रदेश सरकारले कक्षा ८ मा अध्ययन गर्ने १४ हजार बालिकालाई साइकल बितरण गर्दैछ । मुख्यमन्त्री कार्यालय मार्फत् बितरण हुने साइकल चार हजार थान खरिद गरिसकिएको छ । खरिद गरिएको साइकल मुख्यमन्त्री कार्यालयमै राखिएको छ । साइकलका सम्पूर्ण पार्टपूर्जाहरु मुख्यमन्त्री कार्यालयभित्रै ल्याएर प्राविविधकहरुले साइकल जडान गर्ने काम गरिरहेका छन् ।

Sunday, July 7, 2019

प्रदेश दुईको वजेट पारितमा ढिलाई

प्रदेश २ को बजेट प्रस्तुत भएको तीन हप्ता भन्दा वढी विते पनि पारित गराउन सरकारले कुनै छाँटकाँट देखाएको छैन् । गत असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गरेको थियो । प्रदेश सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट संसदमा प्रस्तुत गरेको थियो । चालूतर्फ रु १९ अर्ब ११ करोड ९७ लाख ३८ हाजर र पुँजीगततर्फ रु १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार बजेट ल्याएको सरकारले यसलाई पारित गराउन कुनै चासो लिएको छैन् । असारभित्र बजेट पारित गराइसक्नुपर्नेछ ।

Thursday, July 4, 2019

चिडिँदै मधेसी दल

राजपा नेपाल सरकारसँग दर्जन मुद्दामा असन्तुष्ट छ। केपी ओली नेतृत्वमा सरकार गठन हुँदा निःसर्त समर्थन गरेको राजपा नेपालले समर्थन फिर्ता लिइसकेको छ । टीकापुर घटनामा सांसद रेशम चौधरीलाई दोषी ठहर गरी अदालतले जन्मकैद फैसला सुनाएसँगै राजपाले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। एकपछि अर्को जनविरोधी निर्णयमा व्यस्त रहेको भन्दै राजपा सरकारीमाथि खनिन थालेको छ। संविधान संशोधनको एजेन्डामा सरकार गम्भीर नबनेको, मधेस आन्दोलनका घटनाबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको, लोकसेवा आयोगको विज्ञापन समावेशी नभएको, नीति तथा कार्यक्रममा संविधान सर्वस्वीकार्य भएको उल्लेख गरेपछि राजपा थप चिढिएको हो। ‘सरकारले हाम्रो सबै मुद्दालाई नजरअन्दाज गरेको देखियो’, राजपा नेता राजेन्द्र महतोले भने, ‘त्यसैले पनि हामी सरकारविरुद्ध आक्रामक बन्दै जानुपर्ने देखिएको छ।’

नेकपाको प्रदेश दुईमा तीव्र विवाद

गत असार ११ गते नेकपा प्रदेश २ कार्यालयले चयन गरेको जिल्ला सदस्यहरुको नामावली सार्वजनिक भएलगत्तै सिरहा जिल्ला समितिमा विवाद चुलिएको छ । सिरहा जस्तै प्रदेश दुईको अन्य जिल्लाहरुमा समेत नेकपा भित्र तीव्र विवाद देखिएको छ ।  नवगठित समितिसँग असन्तुष्टि जनाउँदै तत्कालिन माओवादी केन्द्र पक्षधर सिरहाका केही केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य र प्रदेश सदस्यहरुले मंगलबार मिर्चैयामा पत्रकार सम्मेलन नै गरे । नयाँ कमिटीलाई सच्याउनुपर्ने भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

Wednesday, July 3, 2019

राजपाद्धारा मानवअधिकार आयोगलाई ज्ञापन

राष्ट्रिय जनता पार्टी नेपालले प्रहरीको गोली लागेर सर्लाहीको इश्वरपुरमा सरोजनारायण सिंहको मृत्यु भएको घटनाको छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएको छ । अध्यक्ष अनिलकुमार झासहितको टोलीले आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटी घटनाको छानबिन गरी गोली प्रहार गर्न आदेश दिने र गोली प्रहार गर्नेमाथि कारबाहीको लागि पहल गरिदिन आग्रह गरेको छ ।

Tuesday, July 2, 2019

असार विकासको चटारोमा प्रदेश दुई सरकार

आर्थिक मसान्त असारमा विकास बजेट सक्ने चटारोले प्रदेश २ का जनप्रतिनिधिलाई भ्याइनभ्याइ छ । तीनै तहको सरकारले असार महिनामा विकासमा देखाएको चासो र सक्रियता अर्थपूर्ण छ । उपभोक्ता समितिमार्फत फुटकर योजना बनाएर असार महिनामा बजेट खन्याउने र कमसल काम गरेर मोटो कमिसन हत्याउने चलनलाई जनप्रतिनिधिले निरन्तरता दिएका छन् । धनुषाको १८ वटा स्थानीय तह र प्रदेश सरकारले एकैखाले योजनामा असारमा बजेट सकिरहेका छन् । मन्दिर मर्मत र पर्खाल निर्माण, पोखरी मर्मतसम्भार, सडकमा माटो पुर्नेजस्ता फुटकर योजनामा धनुषामा करोडौं रुपैयाँ असार मसान्तमा खर्चिइँदै छ ।

Monday, July 1, 2019

सर्वोच्चद्धारा लोकसेवा आयोगको विज्ञापन रोक्न अस्विकार

सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन विरुद्ध परेका रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।  सोमबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले आइतबारदेखि गरेको सुनुवाईपछि यस्तो आदेश गरेको हो। सर्वोच्चको यो आदेशपछि अव लोकसेवा आयोगले गरेको विज्ञापनले वैधता पाएको छ।  आइतबार पक्षका कानुन व्यवसायीले मात्र बहस गर्न सकेको र सरकारका तर्फवाट प्रतिरक्षा हुन नसकेपछि हेर्दाहेर्दै राखिएको थियो।