Sunday, June 9, 2019

राजपा अध्यक्ष मण्डलद्धारा प्रदेश दुईका आफना मन्त्रीहरु संग छलफल


प्रदेश नम्बर दुईको सरकारको निती तथा कार्यक्रम प्रति सतारुढ राजपा नेपाल भित्रै असन्तुष्टि देखिए पछि राजपाका अध्यक्षमण्डलका नेताहरु जनकपुर पुगेर पार्टीका मन्त्रीहरु संग छलफल सूरु गरेका छन । प्रदेश दुईमा फोरम र राजपाको संयुक्त सरकार छ । केहि दिन अघि मुख्यमन्त्री प्रदेश प्रमुखले सदनमा प्रस्तुत गरेको निती तथा कार्यक्रम माथी राजपाका सासंदहरुले संशोधन नै हाले पछि समस्या उत्पन्न भएको छ । राजपाको अध्यक्ष मण्डलका सयोजक अनिल झाले समेत केहि समय अघि निकालेको विज्ञिप्तीमा प्रदेशको वजेट ल्याउदा नागरिकमुखि हुनु पर्ने र त्यसप्रति आफना प्रदेशका सासंदहरुलाई सचेत रह्न आग्रह गरेका थिए । आफै सम्मलीत सरकारको निती तथा कार्यक्रम प्रति राजपामा असन्तुष्टि चुलिइ पछि राजपाका अध्यक्ष मण्डलका नेताहरु शनिवार देखि जनकपुरमा आन्तरिक बैठकहरु गर्न थालेका छन ।


शनिवार र आइतवार प्रदेश नम्बर दुईको भौतिक मन्त्रालयको बैठक हलमा अध्यक्ष मण्डलका नेताहरु र राजपाका प्रदेश मन्त्रीहरुको विचमा भएको छलफलहरु वारेमा नेताहरु वाहिर खासै नबोले पनि फोरमको नेतृत्वमा रहेको प्रदेशमा सरकार प्रति असन्तुष्टि देखिएको छ । राजपाका ५ प्रदेश सासदहरुले निती तथा कार्यक्रममा संशोधन हालेपनि दुई जना फिर्ता लिएको र तीन जनाले अध्यक्ष मण्डलको आग्रह पश्चात समेत फिर्ता नलिएका हुन ।

सतारुढ दलकै सासंद्यहरुले संशोधन हाले पछि प्रदेश दुईको सरकार अप्ठयारोमा फसेको छ ।  

No comments:

Post a Comment