Thursday, June 6, 2019

लोकसेवाको विज्ञापन विरुद्ध राजपा र फोरमको विरोध प्रर्दशन

लोक सेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी फोरमले विहिवार महोत्तरीको जलेश्वरमा प्रर्दशन गरेका छन । यस अघि पनि राजपा समर्थक विद्यार्थीहरु जनकपुरमा प्रर्दशन गर्दै लोकसेवा विज्ञापनको विरोध गरेका थिए । महोत्तरीको जलेश्वरमा रहेको प्रदेश नम्बर २ को लोकसेवा कार्यलय घेराउ गर्न गएका राजपा विद्याथीृ नेताहरुले त्याहा कोणसभा समेत गरेका थिए । लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरीत रहेको भन्दै राजपा निकट राष्ट्रिय विद्यार्थी संघले सरकार र आयोग विरुद्ध नारावाजी गर्दै कार्यालय घेराउ गरेको राष्ट्रिय विद्यार्थी संघका महासचिव रंजित निस्पक्षले जनाए ।


लोक सेवा आयोगले जारी गरेको विज्ञापन तत्काल खारेज गर्न संघका अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुले माग गरे । लोकसेवा आयोगले असमावेशी  बिज्ञापन खारेज नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उक्त कार्यक्रममा रास्ट्रीय विद्यार्थी संघका नेता मनोज साह, दिनेश यादव, रोशन साह लगायतको उपस्थिति थियो ।


यस्तै समाजवादी  विधार्थी फोरम नेपाल प्रदेश नं २ ले  महोत्तरीको जलेश्वरमा रहेको लोक सेवा आयोग कार्यलयलाई  ज्ञापनपत्र बुझाएको छ । समाजवादी  विधार्थी फोरम नेपालका प्रदेश नं २ का उपाध्यक्ष विकाश यादवको अगुवाइमा हालै लोक सेवा आयोगले स्थानीय तहका लागि भनेर करिब ९ हजार भन्दा बढी कर्मचारी भर्ना सम्बन्धि विज्ञापन सूचना प्रकाशित गरेको प्रति ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको छ । यसभन्दा अगाडि लोक सेवा आयोगले एकैपटकमा यति धेरै संख्यामा पदपूर्ति गर्ने गरी कहिल्यै सूचना निकाले थिएन । फेरि स्थानीय सरकार संचालन ऐनले स्थानीय तहका कर्मचारीको पदपूर्ति प्रदेश लोक सेवा आयोगबाट गरिने स्पष्ट व्यवस्था हुँदा हुदै संघीय लोक सेवा आयोगले समानुपातिक र समावेशिता समेतको संवैधानिक र कानुनी दायरा भन्दा बाहिर गएर स्थानीय तहका कर्मचारी भर्ना गर्न लागेको हुँदा समाजवादी विद्यार्थी फोरम, नेपाल घोर आपत्ती  जनाएको छ ।

No comments:

Post a Comment