Wednesday, June 5, 2019

दुई जनतान्त्रिक विचमा एकिकरण

राजनीतिक मुलधारमा आउने जनतान्त्रिक तराई मुक्ति मोर्चाले तयारी थालेको छ । सक्रिय राजनीतिमा आउन संगठन विस्तारको क्रममा मोर्चाले मधेश राष्ट्र जनतान्त्रिक पार्टी,क्रान्तिकारीसँग एकता गरेको हो । शिवकुमार सिंह नेतृत्वको मधेश राष्ट्र जनतान्त्रिक पार्टी नीति, सिद्धान्त र विधानमा सहमत भई डा मनोज मुक्ति विवेक नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चामा समाहित भएको छ । विकेकले विज्ञप्ती जारी गरेर सिंहलाई जनतान्त्रिक तराई मुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन परिचालन एवं व्यवस्थापन समितिमा मनोनित गरिएको जनाएको छ ।


जनतान्त्रिकको पूर्वघोषित कार्यक्रम अनुसार विधान, घोषणापत्र, नियमावली लेखन लगायतका सम्पूर्ण कार्यहरु सम्पन्न भइसकेको र यही महिनाभित्रै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने अध्यक्ष विवेकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । पार्टी दर्ताका लागि सांगठनीक लगायतका सम्पूर्ण जिम्मेवारीहरुको लिखित प्रतिवेदन तत्काल यसै सप्ताहभित्र केन्द्रिय सचिवालयमा रिपोर्टिङ गर्न निर्देशन समेत दिएको हो ।

यस्तै एकिकरण घोषणाले क्रान्तिकारी शक्ति ध्रुविकरण अभियान र वर्षौ देखिको विभेद, दमन, अत्याचार, शोषण लगायतका विभेद तथा भ्रष्टाचार रहित पूर्ण समानताबादमा आधारित पूर्ण समतामुलक पूर्ण समानुपातिक समावेशी शासन व्यवस्था र समृद्ध राष्ट्र निर्माणको पवित्र उदेश्य प्राप्तिमा कोशेढुङ्गा सावित हुने मोर्चाले विश्वास लिएको छ ।

No comments:

Post a Comment