Tuesday, June 25, 2019

समाजवादी पार्टीद्धारा प्रदीप यादव माथी कारवाही

समाजवादी पार्टीबाट प्रतिनिधिसभाका सदस्य प्रदीप यादव पार्टीबाट ६ महिनाका लागि निलम्बित भएका छन् । फ्रि तिब्बतको कार्यक्रममा सहभागी भएपछि विवादित बनेका सांसद यादवलाई समाजवादी पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले ६ महिनाका लागि निलम्बनको निर्णय गरेको हो ।

सांसद यादव पार्टी नीतिविपरीत जानकारी नै नगराइ लाटभियामा भएको इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टैरियन अन फ्रि तिब्बतु कार्यक्रममा सहभागी भएको भन्दै समाजवादीले स्पष्टीकरण सोधेको थियो । उनको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले निलम्बनको निर्णय गरिएको मंगलबार समाजवादीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


बैठकले पार्टीको विभिन्न विभागसमेत गठन गरेको छ । जसअनुसार कार्यालय प्रमुखमा अधिकारी, प्रचार विभागमा सचिव प्रशान्त सिंह, अर्थ विभागमा कोषाध्यक्ष विजयकुमार यादव, विज्ञ परिषद् प्रमुखमा पुष्पराज राजकर्णिकार र केन्द्रीय सल्लाहकार समिति प्रमुखमा भीमप्रसाद गौतम चयन भएका छन् ।



No comments:

Post a Comment