Friday, June 21, 2019

जनकपुरघाममा योग दिवस मनाइयो

२१ जुनमा मनाउने गरिएको अन्तर्राष्ट्रिय योग दिवस शुक्रबार जनकपुरमा पनि मनाइएको छ । नेपाल स्थित भारतीय दुतावास, पतन्जलीको नेपाल शाखा र जानकी मन्दिरको संयुक्त आयोजनमा जानकी मन्दिरकै प्ररागंममा सयौं मानिसहरु जम्मा भएर योग गरेका छन् । सो अवसरमा उपप्रधानमन्त्री उपेन्द्र यादव, राजपा नेपालका अध्यक्षमण्डल सदस्य तथा जनकपुर प्रतिनिधीसभाका सासंद राजेन्द्र महतो , प्रदेश दुईका प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउत, भौतिकमन्त्री जितेन्द्र सोनल लगायतका नेताहरु सभागी भए । कार्यक्रममा भारतीइ दुतावासका उपप्रमुख अजय कुमार समेत सहभागी भएका थिए ।



त्यसैगरी, व्यापारी, कर्मचारी र सर्वसाधारणको पनि योग दिवसमा बाक्लो उपस्थित थियो। शिविरको उद्घाटन क्रममा बेल्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले मानसिक तनाव कम गर्न योगको भूमिका निकै महत्वपूर्ण रहेको बताए । उनले भने, मानसिक र शारीरिक रुपमा स्वस्थ रह्नका लागि योग महत्वपूर्ण छ। प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले जीवनमा स्वस्थ्य रह्नका लागि योग गर्नु निकै आवश्यक रहेकोमा जोड दिए।

एक हप्ते योग दिवसको क्रममा नेपालमा सगरमाथाको आधार शिविर देखि काठमाडौ सहित देशका कयौ भागहरु यो दिवस यस पटक मनाइएको छ ।





No comments:

Post a Comment