Tuesday, June 18, 2019

लोकसेवा विज्ञापन विरुद्ध काठमाडौ देखि मधेश सम्म विरोध प्रर्दशन

लोकसेवा आयोगले निकाले विज्ञापन समावेशी नभएको भन्दै काठमाडौमा मंगलवार मधेशी, आदीवासी जनजातीहरुले विरोध प्रर्दशन गरेका छन । मंगलवार काठमाडौको माइतीघर मण्डलामा लोकसेवा आयोगको विज्ञापन विरोध गर्दै सहभागीहरुले रद्ध गरेर समावेशी तरिकालेविज्ञापन निकाल्न आयोगलाई चेतावनी दिएका छन । विरोध कार्यक्रममा राजपा नेता लक्ष्मणलाल कर्ण सहितका जनजाती आदीवासी अगुवाहरु सहभागी भएका थिए ।


केहि समय अघि लोकसेवा आयोगले ९ हजार भन्दा वढी संख्यामा निकालेको विज्ञापन समानुपातिक समावेशी नभएको भन्दै मधेशमा समेत त्यसको विरुद्ध विरोधहरुहुदै आएको छ । दुई दिन अगाडी मात्रै जलेश्वर स्थित आयोगको कार्यलयमा विज्ञापनको विरोध गर्दै मधेश अधिकार संघर्ष समितिले तालाबन्दी नै गरेका थिए ।

यसै गरि सप्तरीमा स्थानीय तहको विज्ञापन विभेदकारी रहेको भन्दै पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा विद्यार्थी संगठनहरुले सोमबार एक घटना चक्काजाम गरेका छन । लोकसेवा आयोगका अध्यक्षले राजीनामा दिनुपर्ने, विज्ञापन रद्द गर्नुपर्ने र समावेशी सिद्धान्तको आधारमा विज्ञापन आह्वान गर्नुपर्ने लगायतका मागहरु अघि सारी आन्दोलनरत विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुले बिहान १० बजेदेखि ११ बजेसम्म एक घटना राजमार्ग अवरुद्ध पारेका थिए । आयोगले संघीयता, समावेशी तथा समानुपातिक विपरित निकालेको विज्ञापन नसच्याएसम्म आफुहरुको आन्दोलन जारी रहने राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष किशोर कुमार यादव चेतावनी दिएका थिए ।


 
राजमार्ग अवरुद्ध गर्नेहरुमा राजपा नेता दिनेश कुमार यादव ,शम्भु यादव श्याम कुमार यादव ,दिपक यादव , तरुण दलका अर्जुन कुमार यादव ,समाजवादी पार्टीका युवा नेता लक्ष्मण यादव, नेवि संघका रामचन्द्र यादव , मनोज झा ,वाइसिएलका जिल्ला संयोजक विनोद यादव, युवा नेता सुमन ठाकुर लगायतका ,सहित विभिन्न विद्यार्थी संगठनका नेतहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment