Thursday, June 13, 2019

समाजवादी पार्टीद्धारा दल दर्ताका लागी निवेदन

पुर्वप्रधानमन्त्री डा बाबुराम भटराई नेतृत्वको नयां शक्ति र वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम मिलेर गठन गरिएको समाजवादी पार्टीको दर्ता प्रक्रिया विहिवार सुरु भएको छ । विहिवार निर्वाचन आयोग पुगेर डा भटराई र यादवले एकिकरण पछि गठन गरिएको नयां पार्टी समाजवादी पार्टीको दर्ताका लागी कागजातहरु पेश गरेका हुन । गएको २३ बैशाखमा पार्टी एकिकरण गरेका भटराई र यादवले हालै सात आटै प्रदेशमा प्रशिक्षण अभियान समेत चलाएका थिए ।


नेकपा र काग्रेसको विकल्प्मा वैकल्पीक शक्ति बन्ने घोषणा गरेका भटराई र यादवले विहिवार पाटीृको पदाधिकारी सहित केन्द्रिय सदस्यहरुको सम्पुर्ण विवरण समेत आयोगमा बुझाएका छन । नगगठित पार्टीको झण्डामा पहिला देखि नै फोरमले प्रयोग गर्दै आएको झण्डा दिइएको छ भने पार्टीको चुनाव चिन्ह पछि दिने भनेको छ । निर्वाचन आयोगमा दल दर्ताका लाग्ी निवेदन परे पछि आयोगले कागजातहरु अध्यन र छानविन गरेर दल दर्ताको प्रमाण पत्र दिने गरेको छ ।

No comments:

Post a Comment