Wednesday, June 12, 2019

राजपा संयोजक झाले संसदमा भने - यसले देशको अवस्थालाई राम्रो गर्दैन


राजपा नेपालका संयोजक अनिलकुमार झाले वुधवार प्रतिनिधीसभामा बोल्दै लोकसेवा आयोगको विज्ञापन तत्काल स्थगीत नगरि यसले देशलाई क्षती पुर्याउने बताएका छन । प्रतिनिधीसभाको बैठकमा वुधवार बोल्दै झाले समावेशी समानुपातिक सिद्धान्तलाई अवहेलना गरेर लोकसेवा आयोगले निकालेको विज्ञापन तत्काल सच्चयाउन पनि आग्रह गरे । उनले संसदीय समिति समेतले सच्याउन निर्देशन दिइसकेको अवस्थामा पनि आयोगले आवेदन संकलन जारी राख्नु र मन्त्रीले समितिको निर्देशन नमान्ने बताउनु राजनितीको लागी दुखद भएको टिप्पणी गरे । उनले  यसले देशलाई फाइदा नपुग्ने भन्दै द्धन्द तर्फ जान सक्ने उल्लेख गरे । 


राजपाले यस अघि पनि संसदमा पटक पटक मागगर्दै आएको लाल आयोग प्रतिवेदनको वारेमा समेत झाले सरकारले सार्वजनिक गर्न नचाहेको हो भन्ने त्यो प्रष्ट पार्न समेत चुनौती दिए । उनले भने सरकारले प्रष्टसंग भनोस हामी त्यो सार्वजनिक गर्दैन । त्यस पछि हामी आफनो वाटो तय गर्ने झाको भनाई छ । 

राजपाले वर्तमान सरकारलाई दिएको समर्थन लिए संगै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न भन्दै संसदमा पटक पटक ध्यानाकर्षण गराउदै आइरहेका छन ।

No comments:

Post a Comment