Tuesday, June 11, 2019

मापढण्ड विपिरित जनकपुर-भिठामोड सडक बन्दै

निर्माणाधिन जनकपुर–जलेश्वर–भिठामोड सडक गुणस्तरहीन भएको संघीय संसदको विकास तथा प्रविधि समितिले ठहर गरेको छ । सडकको स्थलगत अनुगमन तथा स्थानीय बाँसीसंग अन्तरक्रिया पश्चात सडक गुणस्तरहीन भएको ठहर समितिले गरेको हो । मापदण्ड विपरित सडक निर्माण भएको समितिका संयोजक तथा संसदीय साँसद इन्दु शर्माले जानकारी दिइन् । सडक निर्माणको अनुगमन पछि समितिद्वारा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा संयोजक शर्माले भनिन्, ‘सडकमा कमसल सामग्री प्रयोग भएको पाइएको छ । साथै सडक अहिले नै भाँसिन थालेको छ ।’ सडक निर्माणको क्रममा छेउँवाटै माटो निकालिएका कारण सडक भाँसिन थालेको उनले भनिन् ।


‘सडक छेउँवाट माटो खन्न मिल्दैन, उनले भनिन्, ‘उनले भनिन्, ‘सडक निर्माणमा लापरबाही प्रष्ट देखिन्छ ।’ उनले लापरबाही गरेकाले कारबाहीका लागि प्रतिबेदन सम्बन्धित निकायमा बुझाउने उनले बताइन् । उनले लापरबाही गरेकाले ठेकेदारलाई कारबाही हुने विश्वास व्यक्त पनि गरिन् ।

पत्रकार सम्मेलनमा समितिका सदस्य मीनाक्षी झाले मन्त्रालय र अन्य सरोकारवालालाई बारम्बार सडक मापदण्ड विपरित निर्माण भइरहेकोबारे ध्यानाकर्षण गराएको जानकारी गराइन् । उनले सडकमा इस्टिमेड अनुसारको काम नभएको आफ्नै नजरले देखेको भन्दै ठेकेदारलाई कारबाही गर्नैपर्ने बताइन् । चार सदस्य अनुगमन समितिले जेठ २४ गते उक्त सडकको ३ ठाउँमा जनतासँग अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा जनताले पनि सडक निर्माण मापदण्ड अनुसार नभएको गुनासो गरेका थिए । राय संकलनका क्रममा समितिका सदस्यहरुले पनि ठेकेदारलाई कारबाही हुने आश्वासन दिएका छन् ।

 
सरकारले दुई खण्ड गरी ०७३ भदौं २३ मा ठेक्का सम्झौता गरेका थिए । साढे १८ किलोमिटरको यो सडक निर्माणका लागि ९३ करोड ४२ लाख ९८ हजार ७ सय ५० रुपैयाँमा सम्झौता भएको छ । चार लेनको उक्त सडक अगामी असोज ८ गतेभित्र निर्माण पुरा गर्नुपर्ने हो । तर हालसम्म करिब ४८ प्रतिशत काम मात्र सकेको अनुगमन समितिका सदस्य झाले जानकारी दिइन् । समयमा निर्माण पुरा हुने अवस्था नदेखिएको उनले थपिन् ।

हुलाकी सडक आयोजनामा पर्ने यो सडक रामायण सर्किटमा पर्छ । भारतीय नाका जोड्ने यो सडक अत्यन्त व्यस्त मानिन्छ । यो सडकमा ठूला भारक्षमताको सवारी साधन गुड्छ । तर सडक कमशल भएपछि निर्माण पुरा भएको केहि बर्ष पनि नटिक्ने स्थानीय पनि बताउँछन् ।

No comments:

Post a Comment