Monday, June 10, 2019

प्रदेश दुईका निती तथा कार्यक्रम बहुमतद्धारा पारित

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ । सोमबार प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सत्तारुढ सांसदले संशोधन दर्ता गराएपछि प्रदेश सरकार संकटमा परेको थियो । सत्तासिन राजपाका महासचिव समेत रहेका सांसद मनिष सुमन, सांसद विदेश्वर यादव ‘विक्की, डा रिना यादव, नेत्रबिक्रम साह र सचेतक परमेश्वर साहले संशोधन दर्ता गराएका थिए । तर पाँचै जनाले संशोधन फिर्ता लिए । असन्तुष्ट सांसदहरुलाई मनाउन राजपा अध्यक्ष मण्डलका ६ जना सदस्य नै जनकपुर आएर तीन दिनसम्म कसरत गरेका थिए ।


नेकपाका किशोरी साह, सुन्दरबहादुर विक, दिलिप साह, ज्वालाकुमारी साह, रामचन्द्र मण्डलको संशोधन बहुमतले अस्वीकृत भयो । प्रदेशसभामा गत जेठ १९ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कार्यसथले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीलेले पनि संशोधन हालेका थिए तर, फिर्ता लिएका छन् । नीति तथा कार्यक्रम पारित गर्ने क्रममा कांग्रेसका सांसदहरुले हुन्छ वा हुन्न केही नभनेर मौन बसेका थिए ।


No comments:

Post a Comment