Sunday, June 2, 2019

लोकसेवा आयोग विज्ञापनको मधेशमा विरोध

९ हजार भन्दा वढी कर्मचारी भर्नाका लागी लोकसेवा आयोगले निकालेको विज्ञापन समानुपातिक समावेशी नभएको भन्दै मधेशमा त्यसको विरोध भएको छ । गएको वुधवार मात्रै आयोगले विज्ञापन निकालेको थियो । विज्ञापन निस्के पछि राजपा नेपाल र मधेशका अन्य संघसंसथाहरुले त्यसको विरोध गर्दै सच्चयाउन माग गरेको छ । आइतवार संघिय संदनमा राजपा नेपालको नेता लक्ष्मणलाल कर्णले त्यसवारेमा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।


त्यस अघि राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झा र नेता राजेन्द्र महताले शनिवार नै छुटा छुटै विज्ञिप्ती निकालेर आयोगको विज्ञापनको विरोध गरेका थिए ।

मधेश केन्द्रित विभिन्न संघ संस्था तथा नागरिक समाजका अगुवाहरुको आयोगको विज्ञापन असमावेशी भएको भन्दै काठमाडौमा त्यस विरुद्ध प्रर्दशन समेत गरेका थिए । 

No comments:

Post a Comment