Sunday, June 30, 2019

प्रदेश सरकारको भैसी वितरणमा असन्तुष्टी

प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारका लागि भन्दै भैँसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ । सिरहामा सरकारले बाँडेको भैँसी पूर्वमन्त्री र पार्टीका नेतादेखि नेताका आफन्तसम्मको गोठमा पुगेका छन् । पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले सहिदको परिवारका नाममा आएको भैँसी पाएका छन् । उनीहरूलाई भूमि व्यवस्था तथा कृषि एवं सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार लहानस्थित पशुपति आदर्श माविको प्रांगणमा भैँसी हस्तान्तरण गरेका थिए ।

Thursday, June 27, 2019

प्रदेश २ का मन्त्रीप्रति राजपा नेतृत्व असन्तुष्ट

प्रदेश २ सरकारका सहभागी पार्टीका मन्त्रीहरुको कामकारबाहीप्रति राष्ट्रिय जनता पार्टी,राजपाको नेतृत्व असन्तुष्ट देखिएको छ । नेताहरुका अनुसार मन्त्री हेरफेरबारे समेत आगामी बैठकमा छलफल हुनसक्छ । प्रदेश २ सरकारमा राजपाका तीन मन्त्री र तीन राज्यमन्त्री छन् । उनीहरुको कामकारबाही प्रभावकारी नभएको, धेरै बजेट आफ्नो क्षेत्रमा लगेको र आफू निकट कार्यकर्तालाई बाँडेको आरोप लागेको छ । अध्यक्ष मण्डलका एक सदस्य भन्छन्, ‘प्रभावकारी काम गर्न नसकेको गुनासो कार्यकर्ताबाट आएको छ । हामीलाई पनि त्यस्तै लागेको छ ।’

Wednesday, June 26, 2019

प्रदीप यादव भन्छन - पार्टीले पुनर्विचार गर्छ भन्ने अपेक्षा छ

पार्टीबाट निलम्बनमा परेका समाजवादीका सांसद प्रदीप यादवले आफूमाथि कारबाही हुनु दुःखद रहेको बताएका छन्। पार्टीको निर्णयबाट म आश्चर्यचकित भएको छु।मेरो यसमा कुनै टिप्पणी छैन। पार्टीको एउटा सच्चा सिपाही भएकाले यसलाई सहर्ष स्वीकार्छु, यादवले भने,पार्टी टुटफुट भएको बेलामा पनि म निरन्तर काम गरेको व्यक्ति हो। मेरो कारबाहीमा पुनर्विचार हुने अपेक्षा गरेको छु। समाजवादी पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सांसद यादवलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । लाटभीयाको राजधानी रिगामा भएको इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बतुको कार्यक्रममा सहभागी भएको आरोपमा सांसद यादव निलम्बन भएका हुन् ।

Tuesday, June 25, 2019

समाजवादी पार्टीद्धारा प्रदीप यादव माथी कारवाही

समाजवादी पार्टीबाट प्रतिनिधिसभाका सदस्य प्रदीप यादव पार्टीबाट ६ महिनाका लागि निलम्बित भएका छन् । फ्रि तिब्बतको कार्यक्रममा सहभागी भएपछि विवादित बनेका सांसद यादवलाई समाजवादी पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले ६ महिनाका लागि निलम्बनको निर्णय गरेको हो ।

सांसद यादव पार्टी नीतिविपरीत जानकारी नै नगराइ लाटभियामा भएको इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टैरियन अन फ्रि तिब्बतु कार्यक्रममा सहभागी भएको भन्दै समाजवादीले स्पष्टीकरण सोधेको थियो । उनको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले निलम्बनको निर्णय गरिएको मंगलबार समाजवादीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Monday, June 24, 2019

४ अर्ब ४८ करोडको विरगंज महानगर-वजेट

प्रदेश दुईको एक मात्र महानगरपालिका तथा उद्योगीक नगरि विरगंजले अगामी बर्षका लागी ४ अर्ब ४८ करोडको वजेट सोमवार ल्याएको छ । सोमवार देखि विरगंजमा सुरु भएको महानगरको पाँचौ नगरसभामा यो वजेट प्रसतुत गरिएको छ । नगरसभामा महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आगामी आर्थिक बर्षका लागि ४ अर्ब ४८ करोड १३ लाख ४८ हजार ८ सय ७९ को बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालू तर्फ १ अर्ब ३८ करोड २४ लाख ३७ हजार, पुँजीगत तर्फ ३ अर्ब ३ करोड ८९ लाख ११ हजार, र वित्तीय व्यवस्था तर्फ ६ करोड रकम खर्च हुने अनुमान गरिएको छ । यसैगरि आगामी आर्थिक वर्षमा कूल खर्च मध्ये सबै भन्दा बढि पूर्वाधार विकास क्षेत्रमा २ अर्व ९४ करोड २८ लाख ५८ हजार ६ सय ७९ रुपैंया खर्च हुने अनुमान रहेको महानगरपालिकाले जनाएको छ ।

Sunday, June 23, 2019

दौडाहामा सीके

मुलधारको राजनीतिमा आएका सीके राउत नयाँ पार्टीको प्रचार तथा संगठन विस्तारका लागि दौडधूपमा लागेका छन्।  उनले फागुन पहिलो साता विखण्डवादी बाटो त्यागेको घोषणा गरेका थिए। त्यसपछि उनले वैशाखमा निर्वाचन आयोगमा जनमत पार्टी नामको दल दर्ता गराएका थिए। त्यससँगै उनी तराई–मधेसका जिल्ला हुँदै विदेश दौडाहामा निस्किएका हुन्। उनले आइतबार भारतको दिल्लीमा कार्यक्रम गर्दै छन् । यसअघि उनी अस्ट्रिया, लन्डनमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

दिल्लीबाट काठमाडौ फर्किने राउतको कार्यक्रम छ। त्यसको एक महिनापछि उनी अमेरिका पुग्ने तय भएको पार्टीले जनाएको छ। त्यहाँ उनले मधेसी समुदायसँग छलफल र विभिन्न विश्वविद्यालयमा सम्बोधन गर्नेछन्। अमेरिकाबाटै फर्किएर उनले नेपालमा स्वतन्त्र मधेस गठबन्धन बनाएका थिए। त्यस बेला उनलाई नेपालबाहिर रहेका मधेसी समुदायको सहयोग देखिएको थियो। उनले बाटो परिवर्तन गरी नयाँ ढंगले पार्टी बनाउन लाग्दा पुनः उनीहरूलाई जोड्ने प्रयास थालेको पार्टीले जनाएको छ। झन्डै एक दर्जन मुलुकमा उनको संगठन थियो।

Friday, June 21, 2019

जनकपुरघाममा योग दिवस मनाइयो

२१ जुनमा मनाउने गरिएको अन्तर्राष्ट्रिय योग दिवस शुक्रबार जनकपुरमा पनि मनाइएको छ । नेपाल स्थित भारतीय दुतावास, पतन्जलीको नेपाल शाखा र जानकी मन्दिरको संयुक्त आयोजनमा जानकी मन्दिरकै प्ररागंममा सयौं मानिसहरु जम्मा भएर योग गरेका छन् । सो अवसरमा उपप्रधानमन्त्री उपेन्द्र यादव, राजपा नेपालका अध्यक्षमण्डल सदस्य तथा जनकपुर प्रतिनिधीसभाका सासंद राजेन्द्र महतो , प्रदेश दुईका प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउत, भौतिकमन्त्री जितेन्द्र सोनल लगायतका नेताहरु सभागी भए । कार्यक्रममा भारतीइ दुतावासका उपप्रमुख अजय कुमार समेत सहभागी भएका थिए ।

Thursday, June 20, 2019

कानुन र संविधान मार्फत मधेशको अधिकार कटौति गरिदै - महन्थ ठाकुर

राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले सरकार कानुनमार्फत मधेसी जनताको अधिकार कटौती गर्न लागेको आरोप लगाएका छन् ।  प्रतिनिधिसभाको विहिबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुदै उनले कानुनी रुपमा नै अधिकार कटौतीको प्रयासमा सरकार लागेको बताएका हुन् । उनले भने, ‘यो संविधानले एउटा विभाजन श्रृजना गरेको छ । राज्य र विभिन्न समुदायको बीचमा । एकअर्काप्रति संशकित छ । यसले पहाड र मधेसको बीचमा एउटा विभाजन रेखा कोरेको छ । जसरी यहाँ लाल बत्ती बल्नासाथ अभिव्यक्ति बन्द हुन्छ । आज कानुनद्वारा लालबत्ती बल्दैछ । हरेक कानुनमा केही न केही लाल बत्ती राखिएको छ । जो जनताको अधिकार कटौती गर्ने अवस्थामा गइरहेको छ ।’

केन्द्र सरकारले मधेसमाथि नाकाबन्दी लगाएको आरोप उनले लगाए । बजेट, राज्यका निकायमा प्रतिनिधित्व लगायत सबैमा मधेस उपेक्षित बन्दै गएको र नेपालको एउटा उपनिवेशको रुपमा रहेको दाबी उनले गरे । उनले भने, ‘यहाँ नाकावन्दीको कुरा सुनिन्छ तर मधेसको आर्थिक नाकाबन्दी भइरहेको कहिलेही कसैले बोलेको छ रु उसको बजेट किन कम रु जनसंख्याको आधारमा उसको किन प्रतिनिधित्व छैन । शासन प्रशासनमा कति छ रु यो नाकाबन्दी होइन मधेसको रु मधेस नेपालको आन्तरिक उपनिवेशको रुप छ । मधेस खुला जेल छ । सबै बन्दी छ ।’

Wednesday, June 19, 2019

राजपाको संसदमा चेतावनी - चौथौ मधेश आन्द्योलन गर्न बाध्य पारिदै छन ।

राजपाले प्रतिनिधीसभा बैठकमा सरकारले आफुहरुको मागको बेबास्ता गरेर  सडक आन्द्योलन तर्फ धकेल्न लागेको आरोप लगाएका छन । वुधवार संसद बै्रठकमा राजपाले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई सचेत गराएको छ ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै राजपा नेता तथा सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दे आएपनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई सचेत गराएका हुन् ।

Tuesday, June 18, 2019

लोकसेवा विज्ञापन विरुद्ध काठमाडौ देखि मधेश सम्म विरोध प्रर्दशन

लोकसेवा आयोगले निकाले विज्ञापन समावेशी नभएको भन्दै काठमाडौमा मंगलवार मधेशी, आदीवासी जनजातीहरुले विरोध प्रर्दशन गरेका छन । मंगलवार काठमाडौको माइतीघर मण्डलामा लोकसेवा आयोगको विज्ञापन विरोध गर्दै सहभागीहरुले रद्ध गरेर समावेशी तरिकालेविज्ञापन निकाल्न आयोगलाई चेतावनी दिएका छन । विरोध कार्यक्रममा राजपा नेता लक्ष्मणलाल कर्ण सहितका जनजाती आदीवासी अगुवाहरु सहभागी भएका थिए ।

Monday, June 17, 2019

प्रदेश २ को बजेट ३८ अर्ब ७२ करोड

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ३८ अर्ब ७२ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री विजयकुमार यादवले आइतबार प्रदेश सभामा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट पेश गरेका हुन् । चालूतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार अर्थात ४९्.८१ प्रतिशत र पूँजीगततर्फ रु १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार अर्थात ५०.१९ प्रतिशत विनियोजन गरिएको छ । बजेटको स्रोतका रुपमा आन्तरिक राजस्वबाट रु १३ अर्ब, ५४ करोड, ३१ लाख, ६९ हजार, नेपाल सरकारबाट प्राप्त बिभिन्न अनुदानबाट रु १६ अर्ब १७ करोड, ७४ लाख र चालू आ।ब। बाट नगद मौज्दात हुने रु ७ अर्ब ७० करोड, ७२ लाख, ९२ हजार प्राप्त हुने र रु १ अर्ब ३० करोड आन्तरिक ऋण लिइने छ । गत बर्ष एक अर्ब ऋण लिने घोषणा गरेपनि नलिएको बताउँदै उनले यस पटक ऋण लिइने मन्त्री यादवले बताए ।

Sunday, June 16, 2019

११ प्रदेशको मुद्दा ब्युताउँदै मधेसी दल

राज्य पुनःसंरचना आयोगले सिफारिस गरेको ११ प्रदेशको मुद्दा समाजवादी पार्टी र राजपाले ब्युँत्याएका छन्। संविधानले सात प्रदेशको संरचनालाई स्वीकार गरेपछि यी दल पुनःसंरचनाको विरोधमा आन्दोलनमा होमिएका थिए। दुई पार्टीले आफूहरू ७ प्रदेशको पुनःसंरचनासँग असन्तुष्ट रहेको जनाउँदै आयोगको सिफारिस लागू हुनुपर्ने अडान दोहोयाएका हुन्।

Thursday, June 13, 2019

समाजवादी पार्टीद्धारा दल दर्ताका लागी निवेदन

पुर्वप्रधानमन्त्री डा बाबुराम भटराई नेतृत्वको नयां शक्ति र वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम मिलेर गठन गरिएको समाजवादी पार्टीको दर्ता प्रक्रिया विहिवार सुरु भएको छ । विहिवार निर्वाचन आयोग पुगेर डा भटराई र यादवले एकिकरण पछि गठन गरिएको नयां पार्टी समाजवादी पार्टीको दर्ताका लागी कागजातहरु पेश गरेका हुन । गएको २३ बैशाखमा पार्टी एकिकरण गरेका भटराई र यादवले हालै सात आटै प्रदेशमा प्रशिक्षण अभियान समेत चलाएका थिए ।

Wednesday, June 12, 2019

राजपा संयोजक झाले संसदमा भने - यसले देशको अवस्थालाई राम्रो गर्दैन


राजपा नेपालका संयोजक अनिलकुमार झाले वुधवार प्रतिनिधीसभामा बोल्दै लोकसेवा आयोगको विज्ञापन तत्काल स्थगीत नगरि यसले देशलाई क्षती पुर्याउने बताएका छन । प्रतिनिधीसभाको बैठकमा वुधवार बोल्दै झाले समावेशी समानुपातिक सिद्धान्तलाई अवहेलना गरेर लोकसेवा आयोगले निकालेको विज्ञापन तत्काल सच्चयाउन पनि आग्रह गरे । उनले संसदीय समिति समेतले सच्याउन निर्देशन दिइसकेको अवस्थामा पनि आयोगले आवेदन संकलन जारी राख्नु र मन्त्रीले समितिको निर्देशन नमान्ने बताउनु राजनितीको लागी दुखद भएको टिप्पणी गरे । उनले  यसले देशलाई फाइदा नपुग्ने भन्दै द्धन्द तर्फ जान सक्ने उल्लेख गरे । 

Tuesday, June 11, 2019

मापढण्ड विपिरित जनकपुर-भिठामोड सडक बन्दै

निर्माणाधिन जनकपुर–जलेश्वर–भिठामोड सडक गुणस्तरहीन भएको संघीय संसदको विकास तथा प्रविधि समितिले ठहर गरेको छ । सडकको स्थलगत अनुगमन तथा स्थानीय बाँसीसंग अन्तरक्रिया पश्चात सडक गुणस्तरहीन भएको ठहर समितिले गरेको हो । मापदण्ड विपरित सडक निर्माण भएको समितिका संयोजक तथा संसदीय साँसद इन्दु शर्माले जानकारी दिइन् । सडक निर्माणको अनुगमन पछि समितिद्वारा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा संयोजक शर्माले भनिन्, ‘सडकमा कमसल सामग्री प्रयोग भएको पाइएको छ । साथै सडक अहिले नै भाँसिन थालेको छ ।’ सडक निर्माणको क्रममा छेउँवाटै माटो निकालिएका कारण सडक भाँसिन थालेको उनले भनिन् ।

Monday, June 10, 2019

प्रदेश दुईका निती तथा कार्यक्रम बहुमतद्धारा पारित

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ । सोमबार प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सत्तारुढ सांसदले संशोधन दर्ता गराएपछि प्रदेश सरकार संकटमा परेको थियो । सत्तासिन राजपाका महासचिव समेत रहेका सांसद मनिष सुमन, सांसद विदेश्वर यादव ‘विक्की, डा रिना यादव, नेत्रबिक्रम साह र सचेतक परमेश्वर साहले संशोधन दर्ता गराएका थिए । तर पाँचै जनाले संशोधन फिर्ता लिए । असन्तुष्ट सांसदहरुलाई मनाउन राजपा अध्यक्ष मण्डलका ६ जना सदस्य नै जनकपुर आएर तीन दिनसम्म कसरत गरेका थिए ।

Sunday, June 9, 2019

राजपा अध्यक्ष मण्डलद्धारा प्रदेश दुईका आफना मन्त्रीहरु संग छलफल


प्रदेश नम्बर दुईको सरकारको निती तथा कार्यक्रम प्रति सतारुढ राजपा नेपाल भित्रै असन्तुष्टि देखिए पछि राजपाका अध्यक्षमण्डलका नेताहरु जनकपुर पुगेर पार्टीका मन्त्रीहरु संग छलफल सूरु गरेका छन । प्रदेश दुईमा फोरम र राजपाको संयुक्त सरकार छ । केहि दिन अघि मुख्यमन्त्री प्रदेश प्रमुखले सदनमा प्रस्तुत गरेको निती तथा कार्यक्रम माथी राजपाका सासंदहरुले संशोधन नै हाले पछि समस्या उत्पन्न भएको छ । राजपाको अध्यक्ष मण्डलका सयोजक अनिल झाले समेत केहि समय अघि निकालेको विज्ञिप्तीमा प्रदेशको वजेट ल्याउदा नागरिकमुखि हुनु पर्ने र त्यसप्रति आफना प्रदेशका सासंदहरुलाई सचेत रह्न आग्रह गरेका थिए । आफै सम्मलीत सरकारको निती तथा कार्यक्रम प्रति राजपामा असन्तुष्टि चुलिइ पछि राजपाका अध्यक्ष मण्डलका नेताहरु शनिवार देखि जनकपुरमा आन्तरिक बैठकहरु गर्न थालेका छन ।

Friday, June 7, 2019

३५ अर्बको बजेट ल्याउने तयारीमा प्रदेश नम्बर दुई

प्रदेश नम्बर दुईको सरकारले अगामी आर्थिक वर्ष २०७६/०७७ का लागि अनुमानित ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।  चालु आर्थिक वर्षमा प्रदेश सरकारले कुल बजेटमध्येको करिब १० प्रतिशत मात्र खर्च गर्न सकेकाले आउने आर्थिक वर्षमा सोही योजनालाई निरन्तरता दिँदै  केहि थप गरेर असार १ गते बजेट ल्याउन लागेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७५र०७६ मा करिब ३० अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो भने आउँदो आर्थिक वर्षमा ५ अर्ब बढेर अनुमानित ३५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी भइरहेको छ ।

Thursday, June 6, 2019

लोकसेवाको विज्ञापन विरुद्ध राजपा र फोरमको विरोध प्रर्दशन

लोक सेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी फोरमले विहिवार महोत्तरीको जलेश्वरमा प्रर्दशन गरेका छन । यस अघि पनि राजपा समर्थक विद्यार्थीहरु जनकपुरमा प्रर्दशन गर्दै लोकसेवा विज्ञापनको विरोध गरेका थिए । महोत्तरीको जलेश्वरमा रहेको प्रदेश नम्बर २ को लोकसेवा कार्यलय घेराउ गर्न गएका राजपा विद्याथीृ नेताहरुले त्याहा कोणसभा समेत गरेका थिए । लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरीत रहेको भन्दै राजपा निकट राष्ट्रिय विद्यार्थी संघले सरकार र आयोग विरुद्ध नारावाजी गर्दै कार्यालय घेराउ गरेको राष्ट्रिय विद्यार्थी संघका महासचिव रंजित निस्पक्षले जनाए ।

Wednesday, June 5, 2019

दुई जनतान्त्रिक विचमा एकिकरण

राजनीतिक मुलधारमा आउने जनतान्त्रिक तराई मुक्ति मोर्चाले तयारी थालेको छ । सक्रिय राजनीतिमा आउन संगठन विस्तारको क्रममा मोर्चाले मधेश राष्ट्र जनतान्त्रिक पार्टी,क्रान्तिकारीसँग एकता गरेको हो । शिवकुमार सिंह नेतृत्वको मधेश राष्ट्र जनतान्त्रिक पार्टी नीति, सिद्धान्त र विधानमा सहमत भई डा मनोज मुक्ति विवेक नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चामा समाहित भएको छ । विकेकले विज्ञप्ती जारी गरेर सिंहलाई जनतान्त्रिक तराई मुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन परिचालन एवं व्यवस्थापन समितिमा मनोनित गरिएको जनाएको छ ।

Tuesday, June 4, 2019

राजपाको नयां विधान तय

एकल अध्यक्षीय प्रणलीमा १ सय ७१ सदस्यीय केन्द्रिय कार्यसमिति । १ अध्यक्ष, ७ उपाध्यक्ष, ३ महासचिव,७ सहमहासचिव,१ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष, ३ प्रवक्ता र आवश्यकता अनुसार वरिष्ट नेता रहने
 
केहि समय अघि एकल अध्यक्षीय प्रणालीमा जाने निर्णय गरेको राजपा नेपालले १ सय ७१ सदस्यीय केन्द्रिय समिति बनाउने विधान बनाएको छ । मंगलवार बसेको राजपा अध्यक्ष मण्डलको बैठकमा प्रस्तुत विधानमा १– अध्यक्ष,  ७ –उपाध्यक्ष, ३–महासचिव, ७–सहमहासचिव, १–कोषध्यक्ष, १–सहकोषाध्यक्ष, ३–प्रवक्ता र आवश्यकता अनुसारको वरिष्ठ नेता सहित १ सय ७१ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरिएको छ । दुई बर्ष अगाडी तात्कालिन मधेशी मोर्चामा आबद्ध ६ ओटा पार्टीहरुले एकिकरण गरेर गठन भएको राजपा नेपाल अहिले अध्यक्षय मण्डलवाट चलीरहेको छ । आउदो महाधिवेशनवाट यो विधानलाई लागु भए पछि अध्यक्ष मण्डल खारेज हुने छ ।

Sunday, June 2, 2019

लोकसेवा आयोग विज्ञापनको मधेशमा विरोध

९ हजार भन्दा वढी कर्मचारी भर्नाका लागी लोकसेवा आयोगले निकालेको विज्ञापन समानुपातिक समावेशी नभएको भन्दै मधेशमा त्यसको विरोध भएको छ । गएको वुधवार मात्रै आयोगले विज्ञापन निकालेको थियो । विज्ञापन निस्के पछि राजपा नेपाल र मधेशका अन्य संघसंसथाहरुले त्यसको विरोध गर्दै सच्चयाउन माग गरेको छ । आइतवार संघिय संदनमा राजपा नेपालको नेता लक्ष्मणलाल कर्णले त्यसवारेमा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।