Monday, May 6, 2019

फोरम–नया शक्तिको विचमा एकता घोषणा

नयां पार्टीको नाम - समाजवादी पार्टी, नेपाल 

पुर्वप्रधानमन्त्री डा बाबुराम भटराई र उपप्रधानमन्त्री उपेन्द्र यादवले आफनो नेतृत्वको नयां शक्ति पार्टी र संघिय समाजवादी फोरमको विचमा एकिकरण गर्दै समाजवादी पार्टी, नेपाल गठन गरेको छ । सोमवार नेपाल प्रतिष्ठानमा एक विशेष कार्यक्रमको आयोजना गरेर यी दुई नेताले पार्टी एकिकरणको घोषणा गरेका हुन । गएको शनिवार नै पार्टी एकिकरण गर्ने सहमती गरेको भटराई र यादवले गरेका थिए । सोमवार एकिकरण घोषणा गर्न आयोजित कार्यक्रममा यादवले भटराईलाई नयां पार्टीको संघिय परिषदको अध्यक्षको घोषणा गरेका थिए । त्यस पछि भटराईले यादवलाई नव गठित पार्टीको केन्द्रिय समिति अध्यक्षको घोषणा गर्दै अन्य २३ पदाधिकारीहरुको नाम घोषणा गरेका थिए ।


दुई पार्टीको विचमा भएको एकिरण पश्चात बनेको समाजवादी पार्टी नेपालको वरिष्ठ नेतामा अशोक राई छन । त्यस गरि नवगठित पार्टीको सहअध्यक्षमा राजेन्द्र श्रेष्ठ छन । यसै गरि उपाध्यक्षमा ८, महासचिव ३, उपमहासचिव ३, सचिव ४ र कोषाध्यक्ष १ जनाको नाम समेत सोमवार नै घोषणा गरिएको छ । पदाधिकारीमा दुईको नाम थप राखिने नवगठित समाजवादी पार्टीले जनाएको छ । एकिरणको चरणमा भटराई र यादवको विचमा २५ सदस्यीय पदाधिकारी बनाउने र त्यसमा १६ जना फोरमवाट र ९ जना नयां शक्तिवाट राखिने सहमती भएको थियो ।

यसै गरि दुई पार्टी मिलेर बनेको समाजवादी पार्टीको केन्द्रिय समिति ४ सय ३० सदस्यीय हुनेछ । जसमा नां शक्तिवाट १ सय ५० जना र फोरमको तर्फवाट २ सय ८० जना रहने छन । केन्द्रमा संघिय परिषद र केन्द्रिय समिति गरि दुई तहको पार्टी समितिको परिकल्पना गरेको नवगठित साजवादी पार्टीले प्रदेश स्तरमा पनि त्यही प्रकारको स्ंरचनाहरु बनाउने जनाएको छ । प्रदशहरुमा एउटा संरचना पार्टी संचालनको प्रशासनिक कामहरु गनेृ र अर्को संरचनाले राजनितीक कामहरु गर्ने जनाइएको छ । एकिकरण पछि मंगलवार एकिकृत पार्टीको केन्द्रिय समिति बैठक काठमाडौमा बस्न लागेको छ । संयुक्त बैठकले एकिकरण अनुमोदन गरे पछि नवगठित समाजवादी पार्टी, नेपालको दल दर्ता निर्वाचन आयोगमा प्रारम्भ हुने छ ।

पार्टी एकिकरणमा दुई पार्टीको  ९ बुदे एकताको आधार समेत सार्वजनिक गरिएको छ । ९ बुदे एकताको आधारमा कार्यकारी राष्टपति सहितको राष्ट प्रमुखको दलको सिद्धान्त भएको उल्लेख छ । त्यसै गरि सििवधान संशोधनका लागी जनसंघर्ष गरिने साथै ७ प्रदेशको संघिय खाकालाई समेत अस्विकार गर्दै संविधानसभाले गठन गरेको राज्य पुनंसंरचना आयोगको प्रतिवेदनले सुझाए अनुसार ११ प्रदेशको संघियता लागु हुनु पर्ने समेत भनेको छ ।




No comments:

Post a Comment