Sunday, May 5, 2019

सरकारको निती तथा कार्यक्रम प्रति राजपाको तीव्र असन्तुष्टि

फोरम अध्यक्ष उपेन्द्र यादव समेत सामेल वर्तमान सरकारले ल्याएको निती तथा कार्यक्रम प्रति राष्टिय जनता पार्टी, राजपा नेपालले तीव्र असन्तुष्टि जनाएका छन । सरकारको तर्फवाट राष्टपतिले प्रतिनिधीसभामा प्रस्तुत गरेको निती तथा कार्यक्रममा संविधान संशोधनको सटा सर्वस्विकार्य भइसकेको कुरा उल्लेख भए पछि राजपाले त्यस प्रति संशोधन नै हालेका छन । निती तथा कार्यक्रम माथी आइतवार प्रतिनिधीसभामा बोल्दै राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले संविधान संशोधन नगरे सम्म आफुहरुले विरोध गरिरहने बताए । महतोले सरकार र त्यसमा सामेल रहेका दलहरुलाई तत्काल त्यो सच्चाउन समेत भने ।


राजपाले शनिवार नै निती तथा कार्यक्रम माथी हालेको संशोधन माथी आइतवार महतोले टिप्पणी गर्दै सविधान जारी हुदा मधेशमा भएको आन्दोलनलाई नजरअन्दाज नगर्न चेतावनी समेत दिए । उनले आफुहरुले  संविधान स्विकार गरे पनि त्यसमा आफुहरुको मुद्धा संशोधन नगरिए त्यस विरुद्ध पुन आन्दोलनमा उत्रन सक्ने चेतावनी दिएका थिए । महतोले आफुहरु संगै संविधान विरुद्धको आन्दोलनमा लागेका फोरम अध्यक्ष उपेन्द्र यादव र सरकारको नेतृत्वगर्दा संविधान संशोधनको प्रस्ताव नै दर्ता गराएका पुष्पकमल दहाल माथी नैतिक प्रश्न समेत तेर्साएका थिए ।

उनले सरकार र सतापक्षले भागं खाएर निती तथा कार्यक्रम बनाएको ठठा गर्दै संविधान संशोधन नभए यो संविधान पनि विगतकोझै सकिने चेतावनी दिए । उनले भने, यी साथीहरुले नै विगत यसरी नै संविधानको सर्वस्विकार्यताको व्याख्या गर्नु भएको थियो तर हालत के भयो ?

वर्तमान सरकारलाई सुरुमा समर्थन गरेको राजपाले गएको फागुन २२ गते दिएको समर्थन फिर्ता लिदै सरकार विरुद्ध क्रुद देखिएका छन । पछिल्लो समयमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले प्रतिनिधीसभा बैठक समेत अवरुद्ध पारेका थिए । आइतवार पनि राजपाले प्रतिनिधीसभामा त्यस वारेमा आवाज उठाएका छन ।

No comments:

Post a Comment