Saturday, May 4, 2019

फोरम र नयां शक्ति द्धारा एकिकरणको घोषणा

पुर्वप्रधानमन्त्री डा बाबुराम भटराइ नेतृत्वको नयां शक्ति पार्टी र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम विचमा पार्टी एकिकरण हुने भएको छ । शनिवार डा भटराई र यादवले पार्टी एकिकरण गर्ने सहमती पत्रमा हस्ताक्षर गरेका हुन । उनीहरुले हस्ताक्षर गरेकको सहमती पत्रमा अव एकिकरण पछि बन्ने नयां पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ रहने उल्लेख छ । सहमती पत्रमा आउदो सोमवार पार्टी एकिकरणको घोषणा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रम मार्फत गरिने जनाइएको छ ।


पछिल्लो केहि दिन यता यी दुवै पार्टीको विचमा एकिकरणको चर्चा चले पनि विहिवार राजपा सहित अन्य केहि साना दलहरु संग समेत छलफल भए पछि तत्काल एकिकरण नहने खालको अभिव्यक्ति फोरमका नेताहरुले दिएका थिए  । यद्यपी उनीहरु नयां शक्तिसंगको संवाद जारी रहेको जनाएको छ । शुक्रवार अवेर राती सम्म भएको दुवै पार्टीका शिर्ष नेताहरुको छलफल पछि एकिकरणको टुगो लागेको र त्यस पछि शनिवार दिउसो सहमती पत्रमा हस्ताक्षर भएको फोरम महासचिव रामसहाय यादवले बताए । शनिवार दिउसो नयां शक्ति पार्टीको बबरमहल स्थित कार्यलयमा एकिकरण सम्बन्धी सहमती पत्रमा हस्ताक्षर भएको थियो ।

सहमती पत्रमा दुई पार्टीको विचमा हुन गइरहेको एकिकरणको वारेमा विस्तृत विवरण नखुलाइए पनि नेताहरुका अनुसार एकिकृत नयां पार्टीको संघिय परिषदको अध्यक्षता पुर्वप्रधानमन्त्री भटराईले गर्ने र कार्यकारी भुमिकामा रहने २५ सदस्यीय केन्द्रिय परिषदको अध्यक्षता यादवले गर्ने छन । वरियतामा भटराईमा पहिलो र यादव दोस्रो स्थानमा रहने छ । २५ सदस्यीय केन्द्रिय परिषदमा फोरमवाट १६ जना र नयां शक्तिवाट ९ जना सहभागी हुने सहमती भएको नेताहरुले बताएका छन ।



No comments:

Post a Comment